बर्दघाट,भदौं–८
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाललाई आज बर्दघाट नगरका जनप्रतिनिधिहरु,बर्दघाट प्रेस क्लब र चिसापानी अस्पतालले छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी सम्मान तथा फेरी भेटांैला कार्यक्रम गरी विदाई गरेका छन ।
बर्दघाट नगरमा २ बर्ष सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहदा नगरको विकास र उन्नतीका लागि सबैसँग मित्रवत ब्यवहार गरी निति र कानुनमा रहेर उत्तरदायिपूर्ण रुपले कार्यसम्पादन गरेको भन्दै खनाललाई सम्मान सहित विदाई गरीएको थियो ।
बर्दघाट नगरबाट सरुवा भएर रत्ननगर नगरपालिका चितवन जान लाग्नु भएका खनालले जनप्रतिनिधिहरुले नगरको हलमा आयोजना गरेको कार्यक्रममा निक्कै मर्म स्पर्सी कविता मार्फत सबैलाई धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो । उहाँले आफुले सदैब ब्यक्ति केन्द्रित भन्दा पनि कार्यालयको हितका लागि काम गर्ने गरेको बताउदै आगामि दिनमा नगरले अझ उन्नती गरेको सुन्न र हेर्न चाहेको बताउनु भएको थियो ।
सोही अवसरमा जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाललाई बर्दघाट नगरका राम्रा सिकाई तथा उपलब्धीहरु मात्र लिएर जान र अन्य कुराहरु विर्सीदिनका लागि आग्रह गरेका थिए ।
त्यसैगरी आज नै बर्दघाट प्रेस क्लबले पनिआफ्नो कार्यालयमा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाललाई फेरि भेटौला कार्यक्रमको आयोजनागरी सम्मान सहित विदाई गरेको छ ।
क्लबका अध्यक्ष कुस्माकर ढकाल(कृष्ण)को अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालको सम्मान सहितको विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट प्रेस क्लबले नगरको समग्र विकासमा उल्लेखनीय सहयोग गरेको बताउनु भएको थियो । प्रेस क्लबको संस्थागत विकास र दिगोपनाका लागि नगरको तर्फवाट आफुले कार्यालयहरुसंग समन्वयगरी प्रेस क्लबको कार्यालय स्थापना गर्ने वातावरण सृजना गरेको बताउनु भयो ।
त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले आफ्नो कार्यकालमा बर्दघाट प्रेस क्लबलाई संस्थागत रुपमा सक्दो सहयोग गरेको र आफुलाई पनि पत्रकारसार्थीहरुबाट सहयोग प्राप्त भएको धन्यवाद प्रकट गर्नु भएको थियो ।
सम्मान तथा विदाई कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय,नगर प्रवक्ता सन्तबहादुर गाहा,वडा नं. १६ का वडाध्यक्ष भिमकाजी गुरुङ,पारिजात सामुदायिक वन उपभोक्ता समुहका निर्वतमान अध्यक्ष तथा सल्लाहकार चुडामणी भण्डारी,बर्दघाट जेसीसका अध्यक्ष मोहन सापकोटा लगाएतको उपस्थिती रहेको थियो । बर्दघाट प्रेस क्लबका सचिव प्रकाश न्यौपानेको स्वागतवाट शुरु भएको कार्यक्रमको सञ्चालन सदस्य मुक्ति तिवारीले गर्नु भएको थियो ।
उता
बर्दघाट–२,चिसापानीमा रहेको चिसापानी अस्पतालका कर्मचारीहरुले पनि आज नै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाललाई सम्मान सहित विदाई गरेका छन ।