कृष्ण ढकाल
बर्दघाट,साउन ३१
बर्दघाट बजार नजिकै रहेको चुरेक्षेत्रमा बर्दघाट चुरे उद्यान बनाउने कार्यमा श्रमदान गर्न र वृक्षारोपण गर्न जानेहरुको संख्या र आकर्षण बढ्दै गरेको छ ।
दैनिक रुपमा श्रमदान गर्न जानेहरुको परिणम देखेर श्रमदान गर्न पछिल्लो समय बिभिन्न संघ संस्था र समुहहरु जान थालेका छन । आफ्ना संघ–संस्था र समुहका सामाजिक उत्तरदायित्वका योजनाहरु अहिले बर्दघाट चुरे उद्यानमा लगाउनेहरुको संख्या साप्ताहिक रुपमा बढने गरेको छ ।
आन्तरीक तथा वाहिय पर्यटकिय स्थलका रुपमा विकास गर्न सकिने प्रसस्त संभावना देखेर उजाड वनक्षेत्रलाई हरियाली सहितको सौदरीकरण गर्न शुरु गरीएको उक्त बर्दघाट चुरे उद्यान परिसरमा शनिवार ग्रामिण बाल्मीकी सहकारी संस्थाले पनि बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको नेतृत्वमा गएको टोलीलाई बर्दघाट चुरे उद्यान निमार्ण अभियानका मुख्य अभियान्ता राम प्रसाद पौडेले,शिव कोईराला,दिलिप खत्री लगाएतका अभियान्ताहरुले करिव १ सय वेलका विरुवाहरु दिएर बर्दघाट चुरे उद्यानमा स्वागत गरेका थिए ।
आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बृक्षारोपण गर्न पुगेको ग्रामिण बाल्मीकी सहकारी संस्थाको टोलिले चुरेको पर्यावरण संरक्षण गर्दा सामाजिक र आर्थिक रुपमा समेत लाभलिन सकिने संभावना रहेका कारण संस्थाले बर्दघाट चुरे उद्यान परिसरमा वृक्षारोपण गर्ने योजना बनाएको संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालले बताउनु भयो । प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र हरियाली बढाउने कार्यमा समेत उपयोगी रहने भएका कारणले संस्थाको सञ्चालक समिति, लेखा समिति, सल्लाहकार तथा कर्मचारीहरू सबैको सक्रिय उपस्थिति गराएको अध्यक्ष हमालले बताउनु भयो ।
त्यसैगरी बृक्षारोपण कार्यक्रम सम्पन्न गरेसंगै ग्रामिण बाल्मीकी सहकारी संस्थाले आफ्नो नयाँ मोबाइल एप सार्वजनिक समेत गरेको छ । साङकेतिक रुपमा गरीएको वृक्षारोपण र बर्दघाटको टाकुराबाट शुरु गरीएको नयाँ मोबाइल एप ले सार्थकता पाउनेमा आफु विस्वस्त रहेको अध्यक्ष हमाले बताउनु भयो ।
बर्दघाट चुरे उद्यानको शिरमा पुगेर बर्दघाट बजारलाई राक्षीराख्दै सार्वजनिक गरीएको नयां मोबाइल एपमा संस्थाका शेयर सदस्यहरूले आफुले उत्पादन गरेका कुनै पनि स्थानिय उत्पादनहरु (सामान) सुचिकृत गरी अनलाईन मार्फत बिक्री गर्न सकिने एपको अध्यक्ष हमाल मार्फत सार्वजनिक गरीएको थियो ।
आफ्नो उत्पादनको बजार विस्तार गर्न, प्रत्यक्ष ग्राहकसँग जोडिन र आय आर्जनको नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्याउने उदेश्यले संस्थाले यो कार्यको थालनि गरेको जनाएको छ ।