कृष्ण ढकाल
बर्दघाट,साउन–१२
साउनको दोस्रो सोमवार अर्थात आज दिब्यज्योती मा.बि. बर्दघाट–२,चिसापानीका बिद्यार्थीहरुले बर्दघाट चुरे उद्यानहुदै दाउन्ने कैलास सम्मको नयाँ गोरेटो हुदै ३ घण्टाको पथयात्रा सम्पन्न गरेका छन।
कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई धर्म,संस्कार ,संकृति र रितिरिवाजसँगै प्रकृति,पर्यावरण,जडीबुटी, पर्यटन र मनोरञ्जनका वारेमा जानकारी सहितको अभ्यास गराउने उद्धेश्यले बर्दघाट चुरे उद्यानहुदै दाउन्ने कैलास सम्मको नयाँ गोरेटोमा पथयात्रा गराएको यात्राका टिमलिडर शिक्ष्ँक शिवप्रसाद पौडेलले बताउनु भएको छ ।
विद्यालय प्रशासनको अनुमति लिएर बर्दघाट चुरे उद्यानमा भैरहेको श्रम संस्कृति र त्यसको प्रभावकारीतासँगै प्रकृति,जैविक विविधताको अध्ययन अनुसान्धान गर्ने र प्रतिवेदन पेश गर्ने गरी बिद्यार्थीहरुलाई ट्रयाकीङ्गमा लगीएको सामाजिक अध्ययन तथा जीवन उपयोगी सिप संयोजक शिक्षक शिव प्रसाद पौडेलको भनाई रहेको छ । यात्रामा अर्का शिक्ष्ँक विष्णु काफ्ले पनि संगै रहनु भएको थियो ।
ट्रयाकीङ्गमा गएर फर्केका कुसल पाण्डे,विवस पोखरेल लगाएतका बिद्यार्थीहरुले पहाड र तराईको प्रकृतिको सुन्दर मनोरम दृश्य हेरेर आन्न लिन र मनोरञ्जन लिन पाएकोमा आफुहरु निक्कै खुशि रहेको बताएका छन । उनीहरु भन्छन भनेको र सुनाएको भन्दा आफैले अनुभुति गर्दा धेरै रमाईलो अनि आन्नद पनि अनुभुति भएको छ ।
बर्दघाट चुरे उद्यानहुदै दाउन्ने कैलास सम्मको नयाँ गोरेटो २०८२ श्रावण ५ गतेबाट शुभारम्भका गरीएको हो । पश्चिम नवलपरासी क्ष्ँेत्रबाट दाउन्ने कैलास जान छोटो दुरीमा पर्ने गर्दछ । यस अघि २०८२ श्रावण ५ गते शुरुकै दिन दिब्यज्योती मा.बि. कक्षा १० का बिद्यार्थी मनिष ढकाल र बर्दघाट ईनलाइटेन कक्षा ५ का बिद्यार्थी मौषम ढकालले उक्त गोरेटो हुदै पथयात्रा गरीसकेका छन भने न्यूलाईफ मा बि ,होलि एञ्जल मा बी र मनकामना मा बि का बिद्यार्थीहरुले पनि बर्दघाट चुरे उद्यान लगाएत दाउन्ने कैलास सम्मको पथयात्रा गर्ने तयारीमा रहेको जनाएका छन ।
यसरी बिद्यार्थीहरुलाई धर्म,संस्कार ,संकृति र रितिरिवाजसँगै प्रकृति,पर्यावरण,जडीबुटी, पर्यटन र मनोरञ्जनका वारेमा जानकारी दिदै पहाड र तराईको प्रकृतिको सुन्दर मनोरम दृश्यका वारेमा देखाउन र बुझाउन जरुरी छ जस्का लागि यो क्ष्ँेत्र अतिनै उपयोगी रहेको छ ।