Bardaghat Na pa

रिटर्नी फेडेरेसन नेपालको सहजिकरणमा गौतमको शव नेपाल आयो 

683

बर्दघाट,साउन–११

रिटर्नी फेडेरेसन नेपालको सहजिकरणमा बर्दघाटका विकास गौतमको शव नेपाल आएको छ । वैदेशिक रोजगारीका शिलशिलामा २ बर्ष पहिले ग्रीस देशमा गएका गौतमको कामवाट फर्के पछि एक्कासी मृत्यु भएको थियो ।
गत असर २४ गते मृत्य भएपनि गौतमको शवको पोष्टमाटम हुन नसक्दा केहिदिन अस्पतालमा नै राखेर पछि दुतावाससंगको सहजिकरणमा पोष्टमाटम गरेर नेपाल ल्याउन सफल भएको मृतकका दाजु राजेन्द्र गौतमले बताउनु भएको छ ।

साउन १० गते राती काठमाण्डौ पुगेर शव रिसिव गरी पश्चिम नवलपरासी घरमा ल्याएर आज २० दिनका दिन त्रिवेणी घाटमा लगेर अन्तीम दाहसंस्कार गरीएको छ ।
शवलाई नेपाल ल्याउन कानुनी प्रक्रिया पुरागर्ने काममा रिटर्नी फेडेरेसन नेपालको जिल्ला देखि केन्द्र सम्मको टोलि सहित किरण पौडेल लगाएतका अन्य ब्यक्तिहरुको साथ सहयोग रहेको दाजु राजेन्द्र गौतमले बताउनु भएको छ ।
२ भाई मध्ये कान्छा छोराका रुपमा रहेका ३४ बर्षीय स्र्वगीय विकास गौतमको परिवारमा श्रीमति , एक छोरी र एक छोरा रहेका छन । गौतमको परिवार अहिले बर्दघाट–४,डाडाँटोलमा बस्दै आएको छ ।

 

रिटर्नी फेडेरेसन नेपालले सहजिकरण गरेको मेलको पत्र