Belani khanepani

नवलपरासी चेम्वर अफ कमर्सले सबै स्थानिय तहलाई ज्ञापन पत्र बुझायो

529

कृष्ण ढकाल
बर्दघाट,असार–५

उद्योगी ब्यवसायी मैत्री बजेट ल्याउनु पर्ने माग राख्दै नवलपरासी चेम्वर अफ कमर्सले जिल्लाका सबै पालिकाहरुमा १० बुधें ज्ञापन पत्र बुझाएको छ ।
संस्थाका अध्यक्ष चन्द्रज्योती बस्यालको नेतृत्वमा गएको टोलिले पालिका प्रमुखहरुसँग भेटेर आफ्ना संस्थाका मागहरुलाई समेटेर पालिकाले बजेट विनियोजन गनुपर्र्ने सुझाब समेत दिएको थियो ।

नवलपरासी चेम्वर अफ कमर्सका अध्यक्ष चन्द्रज्योती बस्यालद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा उद्यागी ब्यवसायीहरुको पूंजीमा कर नभइ आयमा कर लगाउनु पर्ने माग अघिसारीएको छ । त्यसैगरी एकिृत सम्पति करमा स्वयं घोषण गर्नु पर्ने,घरबहाल करमा १० प्रतिशतबाट घटाएर २ प्रतिशत गर्नु पर्ने, दोहोरो कर हटाएर एकद्धार प्रणालीको कर अवधारणलाई लागु गर्नु पर्ने जस्ता मागहरु अघि सारीएको छ ।

जिल्लाका उद्योगी ब्यवसायिहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने जिम्मा सम्बन्धित पालिकाहरुको रहेकोहुदाँ स्थानिय सरकारले सिफारीस गरेका आधारा दोस्रो मुलुकवाट मलखाद ल्याउदा सहजता गराउनु पर्ने,करमा लाग्ने बक्यौता,हर्जानाहरु निश्चित समयका लागि छुटको ब्यवस्था गर्नु पर्ने,करको दायरा फराकिलो गर्नु पर्ने,भुमि कर घटाउनु पर्ने ,अपाङ्गता,एकल महिलाहरुका लागि निःशुल्क सिफारीसको ब्यवस्था गर्नु पर्ने लगाएतका मागहरु राख्दै ज्ञापन पत्र बुझाइएको थियो ।