बर्दघाट नगरको १६ औ नगर सभा सम्पन्न,बेरुजु घटाउने होइन, बेरुजु नराख्ने गरी कामगर्न मन्त्री खड्काको आग्रह
कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२७
बर्दघाट नगरपालिकाको १६ औ नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काको प्रमुख आतिथ्यतामा १६ औ नगर सभा सम्पन्न भएको हो ।
लण्डनवृज पार्टीप्यालेसमा भएकाे नगर सभामा नगरप्रमुख श्रेष्ठले नगरको आ.ब. २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । २ सय १७ बुधें अर्थात ३७ पाना लामो नीति तथा कार्यक्रम वाचनका क्रममा नगरप्रमुख श्रेष्ठले नगरको शिक्षा,स्वास्थ्य र कृषीलाई पहिलो प्राथमिक्तामा राखेर वाचन गर्नु भएको थियो भने त्यसपछि उद्योग, साहित्य,सहकारी,खानेपानी,सरसफाई,महिला,बालबालिका,जेष्ठनागरीक,अपांगता,युवा रोजगारी,पुर्वाधार,यातायात,वन वातावरण,सार्वजनिक सम्पति संरक्षण र भुमिब्यवस्था,विपत ब्यवस्थापन,सञ्चार तथा प्रविधि,न्यायिक निरुपण,उपभोक्ता सचेतना,सुशासन,संघ संस्थासंगको सहकार्य ,स्थानिय समुह शसक्तिीकरण र नमुना वडा र संघ तथा प्रदेश समन्वयलाई क्रमशः प्राथमिक्तामा राखेर नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
बर्दघाट नगरपालिकाको १६ औ नगर सभालाई सम्बोधन गर्दै ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काले नगरको चालु खर्चभन्दा पुँजीगत खर्चमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै बेरुजु घटाउने होइन, बेरुजु नराख्ने काम गर्न आग्रह गर्नु भएको थियो ।
मन्त्री खड्काले नागरिकले अनुभूति गर्ने गरी जनअपेक्षा अनुरुप काम गरे व्यवस्था अझ बलियो हुने बताउनु भएको छ । पछिल्लो समय व्यवस्था विरोधी नकारात्मक आवाजहरू उठ्नु नै प्रमुख बाधक भएको टिप्पणी गर्दै यही व्यवस्थाका कारण स्थानीय तहमा उल्लेख्य उपलब्धिहरू भएको दावि गर्नुभयो । मन्त्री खड्काले संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्न सबैलाई प्रेरित गर्नुपर्ने बताउनु भयो ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विनोद चौधरीले विकासमा झगडा गरेर भन्दा पनि सबै मिलेर एकरूपताका साथ अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनु भएको थियो । त्यसैगरी लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले राष्ट्रसेवकहरूको सम्मान गर्दै नगर समृद्ध बनाउन सबैले आ आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनु भयो ।
निर्वतमान नगरप्रमुख धिरज शर्मा बस्यालले चालू नीति तथा कार्यक्रम खासै नयाँ पनको नरहेको बताउदै निति र विधिमा रहेर स्थानिय सरकार सञ्चालन गर्न सुझाव दिनु भएको थियो भने कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्याय , निर्वतमान नगर उपप्रमुख मायादेवी पौडेल लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो । बर्दघाट नगर प्रमुख प्रकाश खनालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन कृष्ण थापाले गर्नु भएको थियो ।
सोमवार भएको बर्दघाट नगरपालिकाको १६ औ नगर सभामा उत्कृष्ट विपद तथा सर्प उद्दारकर्ता कारुपमा दुर्गा लामिछानेलाई सम्मान गरीएको थियो भने आ.व.२०८१ र८२मा सबैभन्दा धेरै पुजिगत खर्च तथा राजस्व सन्कलन गर्न सफल वडा न.५ लाई उत्कृष्ट वडाका रुपमा सम्मानित गरीएको थियो ।
त्यसैगरी उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा आधाभुत स्वास्थ्य सेवा केन्द्र ,बर्दघाट ४,चिसापानी अस्पतालका उत्कृष्ट कर्मचारीका रुपमा जनस्वास्थ्य अधिकृत रमेश चन्द्र न्यौपाने र जनप्रतिनिधितर्फ वडा नं.२ का वडा सदस्य दान बहादुर दर्लामी सम्मानित हुनुभएको छ ।
त्यस्तै कर्मचारीहरुतर्फ कार्यसम्पादनको आधारमा उधोग शाखावाट पशुपति गैरे,प्राविधिक शाखावाट इन्जिनियर शान्ति गुरुङ्ग, योजना शाखाबाट कृष्ण थापा,सहकारी शाखाबाट सृजना अर्याल,नगरप्रहरीबाट चम्पा बस्याल,वडासचिववाट शान्ति तिमिल्सिना,स्वास्थ्यकर्मिबाट अ।हे।व ज्ञानप्रसाद न्यौपाने,वडासहायकवाट समिक्षा न्यौपाने र कार्यालय सहयोगीवाट डिलबहादुर मगर रहनु भएको छ ।
त्यसैगरी पशुपालक किसानहरु तर्फ सप्तरङ्गि कृषि फार्मकी मुना विश्वकर्मा र व्यावसायिक तरकारी कृषक तर्फ मकै दाना प्रशोधन फार्मका निलकण्ठ भट्टराई सम्मानित हुनुभएको छ भने मेलमिलापकर्तावाट सिद्धिविलास हमाललाई सम्मान गरीएको थियो ।
१६ औ नगर सभामा नै वनविज्ञान तर्फ नगरको पहिचान राख्न सफल प्राविधिक विध्यार्थी अनुष्का आचार्य र बर्दघाट नगरपालिकामा स्वास्थ्य विज्ञमा नियुक्त हुनुभएका वडा २ निवासी वरिष्ठ चिकित्सक डा.बिक्रम ज्ञवाली तथा सेवा निवृत्त वरिष्ठ वन अधिकृत गिरिराज पन्तलाई बर्दघाट नगरपालिकाको वन तथा वातावरण विज्ञका रुपमा नियुक्त हुनुभएकोमा सम्मान गरीएको थियो । भने बर्दघाट नगरगानका रचयिता डिल्ली नारायण पाण्डे र बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाललाई कुशल प्रसाशकका रुपमा सम्मान गरीएको थियो ।