कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–५
पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नं. १ रुपौलिया वडा कार्यालयमा रहेको रुपौलिया महिला बहुउद्धेशीय सहकारी संस्थाले १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैया अपचलन गरेको रहश्य वाहिरीएको छ ।
२०५७ सालमा बिधिवत दर्ता भएर सञ्चालनमा रहेको उक्त सहकारीको लेखापरिक्षण गर्ने क्रममा १ करोड ६० लाख २८ हजार रुपैयाको हिसाब नभेटिएपछि यतिवेला शेयर सदस्यहरु देखि सञ्चालकहरु विचमा हल्ली खल्ली मच्चीएको छ ।
त्यत्ति मात्रहैन संस्थाकी ब्यवस्थापक र कम्प्युटर अपरेटरले संस्थाको कार्यकक्षमा सञ्चालकहरु विच बसेर लेखापरिक्षण गर्ने क्रममा नदेखीएको हिसाव किताब मासिक किस्ताबन्दीका रुपमा दुईजनाले बाँडेर दिनेगरी सहमति भएर गरेको निर्णयमा हस्ताक्षर गरेको बिषयले झन संस्थामा ठूलो रकमको आर्थिक अपचलन भएको हुन सक्ने भन्दै शेयर सदस्यहरुले आशंका ब्यक्त गरेका छन ।
संस्था दर्ता हुनु भन्दा ५ बर्ष पहिले समुहमा रकम जम्मा गर्दा देखि गत कार्तिक सम्म नै रुपौलिया महिला बहुउद्धेशीय सहकारी संस्थाको ब्यवस्थापकमा ईन्द्रीरा उपाध्याय रहनु भएको थियो । त्यसैगरी अर्का कम्प्युटर अपरेटर टपनारायण चौधरी २०७३ साल देखि सोही संस्थामा रहेर संस्थाको हिसाब किताब राख्दै आउनु भएको थियो । दुबै कर्मचारीहरुले गत असारमा आ–आफ्नो समस्या देखिएर संस्थामा काम गर्न नसक्ने भन्दै राजिनामा दिएपछि संस्थाले नयाँ कर्मचारी राखेको ब्यवस्थापक ईन्द्रीरा उपाध्यायको भनाई छ ।
यस विषयमा संस्थाकी ब्यवस्थापक ईन्दीरा उपाध्यायसंग बुझदा आफुलाई अध्यक्ष र समाजका केहि समुहको टोलिले जबरजस्ती कोठामा राखेर हस्ताक्षर गराएको आरोप लागाउनु भएको छ । उहाँले लेखापरिक्षकले १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैयाको हिसाब नआएको बताएपछि खोज्दा ९० लाख जती कम्प्युटरमा चढाउन छुटेको भेटीएको र यस आर्थिक वर्षमा पनि २० लाख कम्प्युटरमा चढाउन छुटेको भेटीएको बताउदा बताउदै पनि हस्ताक्षर नगरे मुद्धाहाल्ने,सामाजिक वहिस्कार गर्ने जस्ता धम्की दिएर जवरजस्ती हस्ताक्षर गर्न लगाएको ब्यवस्थापक उपाध्यायको भनाई छ ।
यसरी हस्ताक्षर गर्न लगाइएको निणर्य पुस्तिकामा कम्प्युटर अपरेटर टपनारायण चौधरीले ल्याएको प्रस्ताव अनुसार १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैया मध्ये ब्यवस्थापकले ५५ प्रतिशत र कम्प्युटर अप्रेटरले ४५ प्रतिशत रकम संस्थालाई बुझाउने गरी असुल उपर गर्ने निर्णय भएको छ । त्यो रकम तीन –तीन महिनामा किस्तावन्दी गरी लिने निर्णय गरीएको छ जस्मा ब्यवस्थापकले १३ लाख र अप्रेटरले ११ लाख किस्ता रकम बुझाउने गरी जवरजस्ती हस्ताक्षर गर्न लगाएर कम्प्यूटर अप्रेटरले आफ्नो सोझोपनको फाईदा लिएको ब्यस्थापक उपाध्यायकोे आरोप रहेको छ ।
करिव ६ शेयर सदस्यहरु रहेको रुपौलिया महिला बहुउद्धेशीय सहकारी संस्थाको अहिले २ करोड ८० लाख बराबरको शेयर पुर्जी रहेको संस्थाकी अध्यक्ष ममता भारतीले बताउनु भएको छ ।
संस्थाको ४ बर्षे कार्यकाल रहने उक्त संस्थामा आगामी पौष २८ गते अध्यक्ष भारतीको कार्य अवधि सकिदै छ । तर ४ बर्ष सम्म संस्थाको एउटै लेखापरिक्षक राखेर कर्मचारीद्धय उपाध्याय र चौधरीले सञ्चालन सदस्यहरुलाई भ्रममा पार्दै रकम अपचलन गर्दै आएको अध्यक्ष भारतीको भनाई रहेको छ । कर्मचारी दुबैजना मिलेर परासीमा रहेको पञ्चदेव गुप्तालाई पटक–पटक लेखापरिक्षण गर्न जिम्मादिने निर्णय तयार गर्ने र अर्काे लेखापरिक्षक राख्न समितिले खोज्दा बिभिन्न बहानामा अरुलाई नदिने गरी समितिलाई नै गुम्राहामा पार्ने गरेको अध्यक्ष भारतीको भनाई छ । यस पटक समितिले कर्मचारीहरुको भनाईलाई नमानेर जवरजस्ती अर्काे लेखापरिक्षक राखेर अडिट गर्न शुरुगरेपछि दुबै जनाले बिभिन्न बहाना बनाएर राजिनामा दिएको र लेखापरिक्षण गर्दा १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैया अपचलन गरेको भेटिए पछि उनीहरुकै सहमतिमा ५५ र ४५ प्रतिशतले असुल उपर गर्ने गरी निर्णय भएको अध्यक्ष भारतीले बताउनु भएको छ ।
पहिलेको पञ्चदेव गुप्ताले गरेको लेखापरिक्षण रिर्पोटमा २ करोड २६ लाख ऋण लगानी भएको देखाएपनि १ करोड ६७ लाख ऋणी को हो ? भन्ने नै नदेखाइकन ऋण लगानी गरेको पर्जी देखाएको अध्यक्ष भारतीले बताउनु भएको छ ।