sunwal

कजरीया टाईल्सलाई २ लाख ८५ हजार जरिवाना

492

बैशाख–१८
बर्दघाट नगरपालिका वडा नं. १२ मा उद्योग रहेको कजरिया रमेश टायल्स लिमिटेडले २ लाख ८५ हजार जरिवाना तिनु पर्ने भएको छ । अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३२ को कजरिया रमेश टायल्स लिमिटेडलाई आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ८५ हजार जरिबाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार ४ उद्योगलाई ३ लाख ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले मंगलबार नियमित अनुगमन अन्तर्गत ११ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

त्यस्तै ललितपुर महानगरपालिका–२० को श्री न्यु वीआर इन्टरप्राइजेजलाई खरिद बिलबिजक नराखेको पाइएपछि २० हजार, काठमाडौं महानगरपालिका–६ को सान्वी एन्ड रिंकु हार्डवेयरलाई मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि ५० हजार र गोकर्णेश्वर नगरपालिका–५ को एनए सप्लायर्सलाई आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि २० हजार गरी ४ उद्योगलाई ३ लाख ७५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।

मंगलबार कारबाही गरिएका ४ उद्योगमध्ये २ लाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ङ को कसुर र सोही ऐनको दफा ३९ को १ ख बमोजिम र २ उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ट को कसुर र सोही ऐनको दफा ३९ को १ घ बमोजिम र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ घ को कसुर र सोही एनको दफा ३९ को १ क अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै विभागले अनुगमन गरेकामध्ये ३ उद्योगलाई सामान्य निर्देशन दिएको छ भने ४ उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।