Sarawal sit lahar Notis

संघीयताको सार नै प्रदेश संरचना ः सभामुख घर्ती

0 65

कृष्ण ढकाल
बर्दघाट,माघ ६

संघीयताको सार नै प्रदेश संरचना रहेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताउनु भएको छ । प्रदेश सँरचना नयाँ रहेकाले ऎन कानुन निर्माण गर्दा प्रदेश र स्थानिय तह बचि समन्वय आवश्यक रहेको बताउनु भयो। कानुन निर्माणमा समन्वयको अभावमा ऎन बाझिने र कार्यान्वयनमा समेत कठिनाई हुने हुँदा आपसी समन्वय आवश्यक रहेको सभामुख घर्तीको भनाई रहेको थियो ।

लुम्बिनी प्रदेश सचिवालयको आयोजनामा आज पश्चिम नवलपरासीका स्थानिय तहसँगको अन्तरक्रिया कार्यक्रम पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले स्थानिय तह र प्रदेश सरकार नेपालका लागि नयाँ अभ्यास भएकाले संघीयताको मुल जग नै प्रदेश सरकार भएको धारणा ब्यक्त गर्नु भएको थियो।

थुप्रै ऎन र नियमावली निर्माणको चरणमा रहेकाले बिकेन्द्रीकरणको नीति अनुरुप संघीय संरचना अघि बढाईनु पर्ने बताउनु भयो । प्रदेश सरकारले अहिले प्रहरी ऎन सँगै ७६ वटा ऎन बनाएर कार्यान्वयनमा रहेको बताउनु भयो । कतिपय स्थानिय तह र प्रदेशले बनाएका ऎन बाझिएको ले सबै स्थानिय तह सँग अन्तरक्रिया गर्नु परेको सभामुख घर्तिले बताउनु भयो ।

फरक प्रसंगमा उहाँले आवश्यकता आधारमा भन्दा पहुँच र प्रभावका अधारमा बजेट निर्माण गर्नु लोकतन्तको उदेश्य विपरित रहेको बताउनु भयो । बजेटको सिलिङ्ग अनुसार १० लाखसम्म स्थानीय, १० लाख देखि १ करोडसम्म प्रदेश र १ करोड भन्दा माथिको संघीय सरकारले बजेट छुट्याउदा राम्रो हुने सभामुख घर्तिको भनाई रहेको थियो ।

Leave A Reply

Your email address will not be published.