Jilla Ban Notis

नगरको समृद्धिमा प्रज्ञा प्रतिष्ठानले थप एउटा ईट्टा थपेको महशुस भएको छ ः नगर प्रमुख श्रेष्ठ

0 52

कृष्ण ढकाल
बर्दघाट,भदौं–२३

नगरको पहिचानमा बर्दघाट प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण योग्दान पु्र्याएको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनु भएका श्रेष्ठले स्थानिय भाषा ,साहित्य,कला ,संस्कृति र सङगितको क्ष्ँेत्रबाट नगरको समृद्धिमा प्रज्ञा प्रतिष्ठानले थप एउटा ईट्टा थपेको महशुस भएको बताउनु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानको तेस्रो प्रज्ञा सभामा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । नगरका बिभिन्न बिद्याका प्रज्ञीक ब्यीक्तत्वहरुको संगम स्थलका रुपमा रहेको प्रज्ञा प्रतिष्ठानको आफ्नै भवन निमार्णका लागि नगरले जग्गाको खोजी कार्य गरीरहेको समेत बताउनु भएको छ ।

त्यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केलीले प्रज्ञा प्रतिष्ठानलाई राज्यको चौथो अंगका रुपमा प्रज्ञापालिका स्थापित गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो । उहा“ले अहिले समाजका हरेक क्ष्ँेत्रमा मौलिक्ता हराउदै गएकोले अब प्रज्ञाीक क्ष्ँेत्रले समाजको मौलिक्तालाई कसरी संरक्षण गर्ने भन्ने तर्फ आफ्ना कार्ययोजना अघि बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घन श्याम न्यौपाने परिश्रमीको अध्यक्षता नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता र सदस्य सचिव बामदेब अधिकारीको सञ्चालनमा सम्पन्न् भएको तेस्रो प्रज्ञा सभामा प्रतिष्ठानका संरक्षक तथा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय,नगर प्रवक्ता सन्तु गाहा,सामाजिक विकास समितिका संयोजक भिमकाजि गुरुङ लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

उप–कुलपति टिकाबहादुर पहारीको स्वागत मन्तब्यबाट शुरु भएको सभामा सदस्य सचिव बामदेब अधिकारीले प्रस्तुत गर्नु भएको आ.ब. २०७९/०८० को १२ लाख ९९ हजार ४ सय १२ रुपैया बराबरको आय ब्यय खर्च विवरण र आ.ब.२०८०/०८१ को ३८ लाख ६९ हजार ९४ रुपैया बराबरको अनुमानित आय ब्यय विवरण सभाले पारित गरेको थियो ।

सभामा नयां थप भएका तिन जना प्रज्ञा सभा सदस्यहरुलाई कुलपतिले सपथ ग्रहण गराउनु भएको थियो भने सांस्कृतिक बिभागका संयोजक दिपप्रकाश लोहनीको धन्यवाद ज्ञापन र भाषा साहित्य बिभागका संयोजक हुमनाथ आचार्यले सहभागिवाट राखिएका सुझाब संकलन तथा टिपोर्ट गर्ने कार्य गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.