Jilla Ban Notis

चौधरीले उद्घाटन गरेको सुस्ताको बर्थिङ्ग सेन्टर अझै सञ्चालनमा आएन

0 68

श्याम थापा

सुस्ता १२ असार

उद्योगपति एवं प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित वार्ड न ५ पक्लिहवामा उद्घाटन गरेको बर्थिङ्ग सेन्टर अझैसम्म पनि संचालनमा आउन सकेको छैन ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र न १ का मतदाता र आमनागरिकहरुलाई विभिन्न प्रलोभन देखाउदै पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र न १ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी हुनुभएका उधोगपती चौधरीले चुनावका वेला सुस्ताको पक्लिहवाका जनतालाई सबैभुट्टा आश्वासन दिएर झुक्याएको सुस्तावासीले गुनासो गरेका छन ।

उद्योग पति एवं प्रतिनिधि सभा सदस्य चौधरीले सुस्ताको पक्लिहवाका जनतालाई चौधरी फाउन्डेसनको सहयोग भनेर उद्दघाटन गरेको पक्लिहवा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर अर्थात प्रसुती गृह करिब ४ महिना बितिसक्दा पनि अहिलेसम्म संचालनमा नआएको भन्दै स्थानीयबासीहरुले गुनासो गरेका हुन् ।

जतिखेर उद्योगपति एवं सांसद चौधरीले बृहत कार्यक्रम गरेर चौधरी फाउन्डेसनको बोर्ड समेत राखेर भब्य र सब्य रूपमा पक्लिहवामा बर्थिङ्ग सेन्टर अर्थात प्रसुती गृहको उद्द्घाटन गरे त्यतिबेला पक्लिहवाबासीले एक किसिमको चाडपर्व जस्तै खुशी मनाएका थिए तर त्यो खुशी धेरै दिन रहेन किन भने जब ४ महिना बितिसक्दा पनि पक्लिहवा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर९प्रसुती गृह०को सेवा संचालनमा आउन सकेको छैन ।

उद्योगपति एवं सांसद चौधरीले आफ्नो भाषणको बेलामा अब बिकासको रेल संचालनमा आएको र यो रेल आफ्नो रफ्तारमा कुदिरहेको हुदा बिकास चाहनेहरु यो रेलको डब्बामा चढे हुन्छ नत्र स्टेसनमा नै छुट्ट्नु पर्ला भनेर जनतालाई गरेका झुठा भाषण रहेको भनेर पक्लिहवामा संचालनमा नआएको बर्थिङ्ग सेन्टरले प्रमाणित गरेको स्थानियले बताएका छन ।

कुनै किसिमको व्यवस्था नगरी सोझा साझा जनतालाई झुक्काउन र मैले चुनावमा गरेको बाचा पूरा गरे भन्दै उद्द्घाटन गरेको पक्लिहवाको बर्थिङ्ग सेन्टर९प्रसुती गृह० मा नत गतिलो सामग्री छ्न नत स्वास्थ्यकर्मी नै स्वास्थ्य जस्तो गम्भीर बिषयमा यसरी उद्योग पति एवं सांसद चौधरीले खेलवाड खेलेको स्थानीयबासीहरुको आरोप रहेको छ ।

स्थानीयबासीहरुको भनाइ अनुसार जब कुनै किसिमको व्यवस्था नभई गाउँपालिका संग आएर एक किसिमको नाटकिय सम्झौता देखाएर चौधरीले बर्थिङ्ग सेन्टर उद्द्घाटन गरेको उनीहरुको आरोप रहेको छ। बर्थिङ्ग सेन्टर संचालन गर्न कम्तीमा दुई जना दक्ष स्वास्थ्यकर्मी,दुई जना स्विपर र एक जना कार्यालय सहयोगी भए जसोतसो संचालनमा आउछ तर बर्थिङ्ग सेन्टर संचालनका लागी एक जना अनमी पदका ६ महिनाको लागी स्वास्थ्यकर्मी दिएको छ उद्योगपति एवं सांसद चौधरीले एक तिर सहयोग गरे जस्तो गरेर अर्को तिर सोझो जनतालाई झुक्याउने खेल खेलिरहेको स्थानियको भनाइ रहेको छ ।

Leave A Reply

Your email address will not be published.