Jilla Ban Notis

लुम्बिनी प्रदेशमै पहिलो पटक प्रदेश स्तरिय प्रतियोगितात्मक कविगोष्ठी हुदै ।

0 51

कृष्ण ढकाल
नवलपरासी,असार ११

पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेशमै पहिलो पटक प्रदेश स्तरिय प्रतियोगितात्मक कविगोष्ठीको आयोजना गरेको छ । असारको १६ गते हुने प्रदेश स्तरिय प्रतियोगितात्मक कविगोष्ठीको सबैजसो तयारी पुरा भैसकेको बर्दघाट प्रज्ञा प्रतिष्ठानद्धारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

लुम्बिनी प्रदेशमा नै पहिलो पटक आयोजना गर्न लागिएको कवि गोष्ठीमा १२ वटै जिल्लाबाट कविहरु आउनु हुने बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेले जानकारी गराउनु भएको थियो ।

प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षता र कवि गोष्ठीका संयोजक हुमनाथ आचार्यको स्वागत तथा सदस्य सचिब बामदेब अधिकारीको संचालनमा भएको पत्रकार सम्मेलनमा अहिले सम्म बर्दघाट प्रज्ञा प्रतिष्ठानले गरेका गतिविधिहरुसंगै गोष्ठिका सन्र्दभमा गरिएका कार्यसम्पादनका वारेमा जानकारी गराईएको थियो ।

चैत्र १ गते देखी बैशाख २१ गते सम्म बर्दघाट प्रज्ञा प्रतिष्ठानको कार्यालय र प्रज्ञा प्रतिष्ठिनको इमेलमा आएका ५१ वटा रचनाहरुलाई कविता प्रतियोगितामा सहभागी गराइएको प्रतिष्ठानले जनाएको छ ।

बर्ग, लिङ्ग, जाति, धर्म र सम्प्रदाय माथी प्रहार नगर्ने गरि रचना पठाउन ३५ दिने सुचना जारी गरि रचनाहरु माग गरिएको र उक्त रचनाहरुलाई ३ सदस्यीय मुल्यांकन समितीले प्रथम, दोस्रो, तेस्रो र शानत्वना बनाइने बताईएको छ । प्रतियोगितामा प्रथमहुनेलाई २५ हजार द्धितिय हुनेलाई २० हजार, तृतिय हुनेलाई १५ हजार र सान्तोनाहुनेलाई १० हजार राशीको पुरस्कार रहेको बर्दघाट प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.