Jilla Ban Notis

२५६७ औ बुद्धजयन्तीको अवसरमा पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय ‘धातु जात्रा’ निकाल्ने तयारी

0 41

वेचुगौढ
परासी,बैशाख–१८

बर्षेनी बुद्धको पुर्णिमाको रुपमा मनाईने बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय ‘धातु जात्रा’ निकालेर मनाईने भएको छ । भगवान बुद्धको २५६७ औ बुद्धजयन्तीको अवसरमा पहिलो पटक रामग्राम नगरपालिकाले बुद्ध पुर्णिमा राजधानी र स्तुप जोड्ने गरि कोलिय धातुयात्रा मनाउने कार्यक्रमको प्रस्ताव अगाडी सारेको हो ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्राई सहितको उपस्थितमा रामग्राम नगरपालिकाले धातु जात्रा सहितको बुद्धजयन्ती मनाउने कार्यक्रम तय गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराए । बैशाख पुर्णिमालाई सिद्धार्थ गौतमको जन्म मात्रै घटना नभई सिद्धार्थ गौतमले बुद्धत्व प्राप्ती दिन र महापरिनिर्वाण लिइएको अर्थात जन्म,ज्ञान प्राप्ती र महापरिनिर्वाण(मृत्यु) तिन घटना बैशाख पुर्णिमाको दिनमा नै भएको थियो । लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो,कोषाध्यक्ष भट्टराईले भने,त्यही भएर जन्मदिन मनाउदै सिद्धार्थको जन्म पछि कपिलबस्तु फर्केको घटनासँग जोडेर जात्रा निकाल्ने तयारी भई रहेको छ ।
त्यसै गरि रामग्राम स्तुपा यहिँ भएको र कोलिय गणराज्यका कोलिय राजाहरुले भगवान बुद्धको महापरिनिर्वाण कुशिनगरमा भएको अन्त्येष्टि पछि बचेको धातुबाट आफ्नो भागमा पाएको धातु ल्याएर रामग्राम स्तुपको स्थापना गरेका थिए । ति घटनालाई आम जनमानसमा सन्देश दिइने गरि धातु यात्राको शुभारम्भ गर्ने योजनामा उनले पनि सहमति जनाएका थिए । त्यसै गरि सिद्धार्थको जन्मकै दिन कोलिय राजकुमारी यशोधराको जन्म पनि सोही दिन भएको बौद्ध इतिहास छ । त्यही भएर यशोधराको जन्मोत्सव पनि कोलिय गणराज्यको राजधानी रामग्राम पण्डितपुरमा मनाउन सकिने उनले बताएका थिए ।
रामग्राम नगरपालिका र लुम्बिनी विकास कोषका पदाधिकारी विच छलफल भई सकेको छ,नगर प्रमुख यादवले भने, अब रामग्राम नगरपालिकाकै नेतृत्वमा रामग्राम राजधानी र रामग्राम स्तुपामा दुबै स्थानमा भब्य कार्यक्रमको आयोजना गरिने र रामग्राम राजधानीबाट रामग्राम स्तुपासम्म धातु कलशमा धातुको प्रतिक राखेर विभिन्न झाकी सहितको जात्रा निकालिने छ । पछि धातुको प्रतिक लगेर रामग्राम स्तुपमा पुर्याईने र त्यहाँ धातु पुजापाठ र ध्यान अभ्यास समेत गराईने कार्यक्रम गरिने छ । धातुजात्रा मनाउने पहिलो बर्ष भएको हुदा सोचे जस्तो भब्यता दिन नसकिए पनि आउदो दिनका लागि सिकाई हुने र एक संंस्कार,संस्कृति र परम्पराको शुभारम्भ हुनेछ । धातु पुजाले मानिसलाई प्राप्त हुने पुण्यलाभ तथा ध्यान अभ्यासले हुने मुतिmको यात्रालाई समेत जानकारी गराईने छ ।
लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो,तर ज्ञान प्राप्ती पछि उनी बुद्ध बनेका थिए । बुद्ध भएर आफ्नो ४५ बर्षको जिवन मानिसको कल्याणका लागि विभिन्न धर्मदेशना गर्दै जिवनको उत्ताद्र्धमा भगवान बुद्धले आफ्ना अग्रसेवक भिच्छु आनन्दको आग्रहमा महापरिनिर्वाण पश्चात उनले आफ्नो मुर्ति नबनाई धातुको स्थापना गर्न सुझाएका थिए । धातुको पुजापाठ प्रत्यक्ष बुद्धको पुजा हुन्छ । धातुको सानिध्यमा ध्यान अभ्यास गर्नु स्वमं बुद्धको सानिध्यमा ध्यान गुर्न जस्तो हुन्छ । यि महत्वपुर्ण कुरालाई संसारका बौद्धमार्गीलाई पुर्याउन सकियो भन्ने अगामी बर्षमा संसार भरिबाट पनि यस्तो धातु यात्रामा सहभागि हुने अवस्था हुन्छ । धातु यात्रामा सहभागि भई अष्टधातुको सानिध्यमा ध्यान अभ्यास गर्ने मौका मिल्ने छ । बौद्ध दर्शनमा मुर्ति भन्दा धातुको पुजालाई बढि महत्व दिईको बौद्ध अध्ययेताहरुले बनाउने गरेका छन् ।
त्यो भएर धातु यात्राले रामग्राम,लुम्बिनी र नेपाल मात्रै नभई संसारकै ध्यान तान्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो । यसका लागि सोमवार रामग्राम नगरपालिकाले विस्तारित बैठक डाकेको छ । रामग्राम नगरपालिका भित्रका सबै संघसस्थासँगै रामग्राम तथा बुद्धसँग सम्बन्धित सस्थालाई पनि आह्वान गरेको छ । धातुजात्रा रामग्राम नगरपालिकाको मात्रै नभई प्राचिन कोलिय गणराज्यकै भएको हुदा कोलिय गणराज्यको सिमा भित्र पर्ने अन्य नगरपालिका तथा गाउपालिका प्रमुखहरुलाई पनि सो यात्रामा सहभागिताको लागि आह्वान गरिने नगरपालिकाले जनाएको छ । धातुयात्रालाई रामग्रामसागै कोलिय जात्राको रुपमा पनि लिन सकिने छ । यसले गर्दा नवलपरासी जिल्ला मात्रै नभई प्राचिन रोहिणी पुर्वका रुपन्देहीका पालिकाहरु पनि सहभागि हुन सक्ने धारणा नगरप्रमुखको थियो ।

Leave A Reply

Your email address will not be published.