Holi asnjal makar GURU

बर्दघाट प्रज्ञा परिषद्ले १२१ औं सम जयन्ती मनायो ।

124

कृष्ण ढकाल
बर्दघाट,माघ–२४

नेपाली साहित्यका नाटककार तथा चित्रकार बालकृष्ण समको स्मृतिमा आज नवलपरासीको बर्दघाट नगरमा स्थापित बर्दघाट प्रज्ञा परिषद्ले १२१औं सम जयन्ती मनाएको छ ।

बर्दघाट प्रज्ञा परिषद् अन्र्तगतको भाषा साहित्य बिभागको समन्वयमा भएको उक्त समारोहमा प्रध्यापक शेषकान्त पौडेल र हुमनाथ आचार्यले समका कृति र त्यसको प्रभावकारीतासंगै उनले साहित्य क्षेत्रमा पुर्याएको योगदानका वारेमा भाष्यचित्रण गर्नु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रष्तिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षता र प्रज्ञा पतिष्ठानका प्रमुख संरक्षक एवं नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप पर्रमुख एवं संरक्षक रुद्र प्रकाश उपाध्याय , साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा. श्याम प्रसाद न्यौपाने लगाएतका बक्ताहरुले आफ् आफ्ना साहित्यिक मन्तब्य सहित समका वारेमा चर्चा परिर्चचा गरेका थिए ।
वि.सं. १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा जन्मेका बालकृष्ण सम नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक रहेको बिभिन्न पुस्तकहरुमा उल्लेख गरेको पाईन्छ ।
आफ्नै अध्ययनबाट पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका बालकृष्ण समशेरको मृत्यु २०३८ सालमा भएको थियो ।

यो पनि पढ्नुहोस

बालकृष्ण सम नेपाली साहित्यका नाटककार र चित्रकार थिए । वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले ’शमशेर जङ्बहादुर राणा’ हटाई ’सम’ थपेका थिए। उनी जनरल समर शमशेरका पुत्र थिए।

 

बालकृष्ण समका कृतिहरू ः

डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा
मुटुको व्यथा (१९८६)
मुकुन्द–इन्दिरा (१९९४)
प्रह्लाद (१९९५)
अन्धवेग (१९९६)
भक्त भानुभक्त (२०००)
प्रेमपिण्ड (२००२)
अमरसिंह (२०१०)
स्वास्नीमान्छे (२०३३) आदि
यी नाटकमध्ये मुटुको व्यथा, मुकुन्द–इन्दिरा, म आदि सामाजिक हुन् भने अमरसिंह, भक्त भानुभक्त, भीमसेनको अन्त्य आदि ऐतिहासिक हुन्। त्यस्तै, ध्रुब, प्रह्लाद आदि पौराणिक नाटक हुन् भने स्वास्नीमान्छेचाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो। अन्त्यका हिसाबले हेर्दा ध्रुब, प्रह्लाद, मुकुन्द–इन्दिरा आदि संयोगान्त तथा मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड आदि दुःखान्त भएका छन्। उनका बोक्सी, नालापानीमा, बिरामी र कुरुवा, रणदुल्लभ जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि प्रकाशित छन्। सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्। कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल देखिन्छन्।

लघुनाटक (एकाङ्की) देखि प्रेमपिण्ड जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) सदस्य र पछि उपकुलपतिसमेत बनाइयो।

बालकृष्ण समको सेवा, पेसा र संलग्नता ः

१. सैनिक क्याप्टेन(१९८०)
२. नेपाली जाँचपास अड्डाका प्रमुख
३. दरबार स्कूलमा अध्यापन ९८७)
४. त्रिचन्द्र कलेजमा प्राध्यापन (१९८७)
५. नेपाली भाषा प्रकाशनी समितिको अध्यक्ष (१९९०)
५. सैनिक मेजर(१९९५)
६. नेपाल रेडियोको निर्देशक(२००८)
७. सैनिकमा लेफ्टिनेन्ट कर्णेल(२००९)
८. गोरखापत्रको सम्पादक(२०१२)
९. रोयल नेपाल एकेडेमीको सदस्य(२०१४)
१०.नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति(२०२६)
११.नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य(२०२८)
१२.राजसभा स्थायी समितिका सदस्य(२०३०)