Jilla Ban Notis

रामग्राम नगरपालिकाद्वारा निःशुल्क खकार परीक्षण

0 41

गौरीशंकर जयसवाल

परासी ६ पुस
पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकाले नगर भित्रका क्षयरोगका विरामिहरुको खोजीकार्य गर्न निःशुल्क शिविर संचालन गरेको छ । क्षयरोगबाट प्रभावित व्यक्ति तथा समुदायसम्म क्षयरोगको गुणस्तरीय सेवामा सर्वव्यापी पहुँच वृद्धि गर्दै क्षयरोगलाई नियन्त्रण गर्ने उद्धेश्यले रामग्राम नगरपालिकाले निःशुल्क खकार परीक्षण संचालन गरेको जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरभित्र रहेका समुदायमै पुगी क्षयरोग सम्बन्धी खकार जाँचको माईक्रोस्कोपिक क्याम्प संचालन गरेको हो ।

क्षयरोग र त्यसको पहिचान गर्न सहयोग होस भन्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिनु भएको छ । स्वास्थ्य सेवाको पहुच कम भएका समुदायमा सकृय क्षयरोग खोजपडताल नगरपालिकाको पाँच वटा स्वास्थ्य संस्थामाबाट र समुदायमै पुगी क्याम्प नै स्थपना गरी क्षयरोग सम्बन्धी खकार परीक्षण गरिएको हरिजनले बताउनु भएको छ ।

सदरमुकाम पहुँच भन्दा टाढा रहेका क्षेत्रहरुबाट समुदायस्तरमै पुगी स्वास्थ्यकर्मीहरुले क्याम्प नै खडा गरी क्षयरोग मिल्ने लक्षण देखिएको बिरामीहरुलाई खकार परीक्षण गरिएको हरिजनले जानकारी दिनु भयो। समुदायमा क्षयरोग मिल्ने लक्षण देखिएको बिरामीहरुलाई खकार निःशुल्क परीक्षण गरिएको र त्यसको रिर्पोट एक हप्तामा आउने हरिजनले बताउनु भएको छ ।

पाँच वटा स्वास्थ्य चौकी र सदरमुकाम पहुँच भन्दा टाढा रहेका क्षेत्रहरुबाट समुदायस्तरमै पुगी एक सय ७२ जना निशुल्क खकार परीक्षण गरिएको सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सपकोटाले जानकारी दिनु भयो । हाल रामग्राम भित्र २७ जना सक्रिय रूपमा क्षयरोगी बिरामीहरूले स्वास्थ्य संस्थाबाट उपचार गराउने गरेका छन ।

समुदायमा अन्य धेरै व्यक्तिहरू विभिन्न समस्याका कारण परीक्षणको दायरामा नआएको र सो को कारण रोग अझै व्यक्तिमा सर्दै जाने र थप जटिल हुन सक्ने कारणले यस प्रकारको क्याम्प हरेक वर्ष सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.