Palhinandan Notish sadabahar

असारमा कृषि कर्म र असारे गीतको सान्दर्भिकता

Bardaghat krisi Notis
0 190

✍️ सिन्धु जलेसा बुढाथोकी

नेपालमा अधिकांश मानिसहरू कृषि पेशामा संलग्न रहेका छन् । यहाँका मानिसहरूले ऋतुअनुसार विभिन्न कृषि कर्म गर्ने गर्छन् । यहाँ असार, साउन महिनामा धान रोपाइँ गरिन्छ । उक्त समयमा बीऊ काढ्दा, खेत जोतेर हिलो बनाउँदा, धान रोप्दा र आली लगाउँदा गाइने गीतलाई असारे गीत भनिन्छ । असारे गीतलाई स्थानअनुसार कतै बाली, कतै रोपाइँ र काठमाडौंमा प्रचलित असारे गीतको लयलाई रसिया भनिन्छ । यो गीत एकल, समूह र दोहोरीमा गाइने कर्म गीतको रूपमा लोकप्रिय छ । हाम्रो देशमा मात्र होइन संसारका अन्य मुलुकमा पनि खेतीपाती गर्दा हलो जोत्दा, कोदो मकै गोड्दा कर्म गीतहरू गाइने गरेको उल्लेख पाइन्छ । नेपालमा यो वर्ष समयमा पानी परेकोले किसानहरूले समयमै धान रोप्न सुरु गरेका छन् । किसानहरू उत्साहित छन् । जताततै खेतमा धान रोप्नेको चटारो छ । सबैका खेतमा छुपुछुपु धान रोपिरहेका छन् । धमाधम खनजोत भैरहेको छ ।

भनिन्छ असारमा मानो रोपेर मुरी उब्जाउने समय हो । किसानहरूलाई एकछिन फुर्सद छैन । वर्षभरी खाने अन्न धान मुख्य बाली हो । यो बाली लगाउँदा कडा मेहनत र परिश्रम गर्नुपर्ने हुन्छ । वर्षेझरीमा रुझेर कडा परिश्रम गर्दा थकान भएको शरीरमा स्पूmर्ती प्राप्त गर्न र थकान मेट्न, एकोहोरो काम गर्दा दुख्ने शरीरको दुखाइ बिर्सन र कामको मेलो सार्नका लागि असारे गीत गाउने गरिन्छ । सुरुमा धान रोपाइँ गर्दा कतिपय स्थानमा सिमे भमे देवीदेवताको स्तुती गान गरेर रोपाइँ सुरु गर्ने चलन पनि रहेको छ । असारे गीतको उदाहरण यसप्रकार रहेको छ ।

एकै र मुठी खरीको घाँस भेडीको थुमेलाई आहै
बेलैको गावो बेलैको मुठी सुमी र भूमिलाई आहै

यसरी रोपाइँ सुरु गर्दा यस्ता गीत असारे गीतको रूपमा गाइन्छ । गाउँघरमा खेत रोप्दा यस्ता गीतहरू सुरिलो भाका, कण्ठमा घन्काउँदै हिलो छ्यापाछ्याप गर्ने गरिन्छ । घरमुलीलाई बीऊको पूmल लगाइ दिने गरिन्छ । ठूलाबडा साहु महाजनको रोपाइँमा पञ्चेबाजासहित असारे गीत घन्काउने गरिन्छ । उत्सव जस्तै गरी घ्यू राखेको खाजा, अचार, दही, चिउरा र अन्य परिकार खाने खुवाउने चलन रहेको पाइन्छ । २०, २५ हल गोरु नारेर हिलो पार्ने हली दाइ, कोदालो चलाएर माटो सम्याउने बाउसे दाइ र दुई हातले बीऊ फाजेर एक हातले बीऊ समाइ एक हातले बीउ रोप्ने रोपाहार दिदीबहिनीहरू खेतमा रङ्गिबिरङ्गी पूmल पूmलेझैँ जम्मा भएर निकै रमाइलो र उत्साहपूर्वक असारे गीत घन्काउने गरेको पाइन्छ । असारे गीत बिहानको झुल्के घाम लाग्दाबाट सुरु गरी दिनभर कहिले झम्टी झम्टी परेको झरीमा रुझ्दै त कहिले टन्टलापुर घामसँग बयली खेल्दै काम गरेर मिर्मिरे साँझमा घर फर्कदासम्म गाउने गरिन्छ । यस्ता बेला गाउने गीतको एक उदाहरण ः

दाइने लायो पिपलु त बायाँ लायो वर आहै
पर्ख पर्ख हली दाजुसँगै जाम्ला घर आहै
पातको बेरी लौ भन फेरि सँगै जम्ला घर

यस गीतमा दिनभर काम गरेर घरमा हली बाउसे चाँडै जाने चलन छ तर टाढाको पाइ पर्ने महिला रोपाहारलाई कहिलेकाहिँ मेलो सक्दा रात पनि परिसकेको हुन्छ । यस्तो रातको समयमा महिला रोपाहारलाई घर जाँदा बाटोमा डर लाग्ने र रोप्दा झर्को लाग्ने भएकोले हली र बाउसेलाई सँगै घर जाउँला भनी आग्रह गरिएको छ र नेपाली समाजको यथार्थ चित्रण यस गीतले अभिव्यक्त गरेको छ ।
असारे गीतमा असार महिनाको प्रकृति चित्रण, युवायुवतीको मायाप्रेम भाव र महिलाका कथा व्यथा पोख्ने गरेको पाइन्छ । विशेषगरि असार साउन कहिले झरी पर्ने कहिले टन्टलापुर घाम लाग्ने भएकोले त्यो समय खनजोत र रोप्न निकै दुःख कष्ट हुन्छ । यस्तो बेलामा शितल छायाँ र पानी ओत्ने ओत वा स्थान विषयलाई पनि असारे गीतमा अभिव्यक्त गरिन्छ । त्यस्तै असारे गीतमा किसानको समस्या लाहुरेको सम्झना, धर्ती, आकाश, कामको महत्त्व रोपाइको खुशियाली पनि गाइने गरिन्छ । बेलाबेलामा हली, बाउसे र रोपाहार बीच हाँसो ठट्टा र रमाइलो गर्दै दोहोरीका रूपमा पनि असारे गीत गाउने गरेको पाइन्छ । हास्यशैलीको असारे गीतको पङ्क्ति यसप्रकार रहेको छ ।

चुलामा माथि तखतामा चुराका खपटा ए हो
हातमा बीऊ सकियो केटाले तेरो जगटा ए हो
आज रोपाइ भोलि रोपाइ केराउका विरम्ला ए हो
धानैमा रोप्ने खेतालीका सुकेका विरम्ला ए हो

यसरी हास्यशैलीका गीत गाएर दुःख बिर्साउन र समय कटाउन यस्ता गीत गाउने गरेको पाइन्छ । केही वर्ष अगाडि यस किसिमको रोपाइ गर्दा बेठी लगाउने चलन पनि रहेको पाइन्छ तर आजभोलि यो चलन रहेको जनकारीमा छैन । त्यस्तै असारे गीतमा राजा महाराजाको चरित्र चित्रण र साहु महाजनबाट दिएको दुःख अन्याय, अत्याचार शोषणविरुद्ध विद्रोहका स्वर पनि पछिल्लो समयमा असारे गीतमा गाइने गरेको पाइन्छ । यसरी गीतको पङ्क्ति यसप्रकार रहेको छ ।

घामको पानीमा प¥यो टल्केर ऐनाझैँ आहै
निर्दयी साहुको मेलामा जाँदा दिन पनि महिनाझैँ आहै
सिन्दुरे गोरु सिरान पुग्यो नौलो गाइ पुछार आहै
गरिबमारा नमासेसम्म हुँदैन उच्छार आहै

असारे गीतमा सरल स्वाभाविक बोलिचालीको भाषा प्रयोग गरिएको पाइन्छ । स्थानीय लोकजीवनको शब्दहरू अहै, एहै र लौतो वा लौ लौ लगायत आदि थेगोको प्रयोगले असारे गीत अन्य कर्मगीतभन्दा रसिलो र श्रुतिमाधुर्यताले गर्दा लोकप्रिय रहेको छ । यस्ता प्रकारको नेपाली संस्कृतिको संरक्षण् सम्वद्र्धन र जगेर्ना गर्नु सबैको कर्तव्य हो । आजभोलि खेतमा गएर हिलो खेल्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति बढेको छ । यसले वास्तवमा हाम्रो परम्परित संस्कृतिको जगेर्ना गर्न सक्दैन तसर्थ यसतर्पm सबैको ध्यान जान जरुरी देखिन्छ ।

किसानहरूले मरीमरी काम गरिरहेका छन् । वर्षेनी असार १५ मा राष्ट्रिय धान दिवस मनाइने गरिन्छ तर पनि हाम्रो देश धानमा आत्मनिर्भर हुन सकेको छैन । हामी कहाँ चुक्यौ रु यो सोचनीय विषय छ । किसानहरूले समयमा मल बीऊ पाउनु पर्दछ । किसानहरूको माग सम्बोधन गर्न गरिएको जे जति पहलहरू छन् त्यसलाई लागु गर्दै सकारात्मक सोचका साथ सबैको सरसहयोगको खाँचो छ । किसानको लागि प्रदान गरिने अनुदान र आधुनिक यन्त्र उपकरणहरू वास्तविक किसानले पाउन नसकेको कतिपय स्थानमा सुन्नमा आएको पाइन्छ । अनुगमनको पाटोमा सम्बन्धित निकायको ध्यान जाओस् ।

✍️लेखक  सिन्धु जलेसा बुढाथोकी  संविधानसभा सदस्य हुनुहुन्छ

Ban ko notis
टिप्पणिहरु
Loading...