कृष्ण ढकाल
बर्दघाट,असार–३०
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आ.ब. २०८२/०८३ का लागि १६ औं नगरसभाको तेस्रो बैठकबाट ९६ करोड ५० लाख रुपैया बराबरको बजेट पारित गरेको छ ।
सञ्चित कोषबाट विनियोजित गरेको बर्दघाट नगरको आ.ब. २०८२/०८३ को बजेटमा चालु खर्च तर्फ ५७ करोड ४५ लाख रहेको छ भने पूजिंगत खर्च तर्फ ३९ करोड ५ लाख रुपैया विनियोजन गरेको छ । जस्म मध्ये नगरको सञ्चालन खर्चमा चालु खर्चबाट १५ करोड र पूजिंगत खर्चवाट ९९ लाख गरी १५ करोड ९९ लाख रुपैया विनियोजन गरी १६ औं नगरसभाको तेस्रो बैठकले पारित गरेकोछ ।
त्यसैगरी नगरको स्वास्थ्य क्षेत्रका लागि कर्मचारीहरुको तलब समेत गरी ३ करोड ५० लाख, शिक्षामा कर्मचारीहरुको तलब समेत ४ करोड २५ लाख,कृषि शाखालाई २ करोड,पशुपंक्ष्ँि शाखालाई १ करोड,भूमि शाखालाई ५० लाख ,न्यायीक शाखा तथा उपभोक्ता हितलाई ५० लाख ,महिला शाखालाई ५० लाख र त्यसका अलावा छुट्टै विषयगत शाखाको सशर्तमा ३२ करोड २५ लाख र विषयगत शाखाको निशर्तमा १२ करोड ८० लाख रकम विनियोजन गरीएकोछ ।
बर्दघाट नगरको गौरबका आयोजनाका लागि ७ करोड ५७ लाख ३० हजार रुपैया र फोहर संकलन केन्द्रका लागि १ करोड विनियोजन गरी १६ औं नगरसभाको तेस्रो बैठकले पारीत गरेको छ ।
१६ वटा वडाहरु रहेको बर्दघाट नगरपालिकामा वडा नं. १ मा ४७ लाख ९० हजार ८ सय,वडा नं. २ मा १ करोड ४ लाख ३ हजार २ सय,वडा नं. ३ मा ६२ लाख १८ हजार ,वडा नं. ४ मा १ करोड १९ लाख ८९ हजार ६ सय र वडा नं. ५ मा ६९ लाख ४ सय बराबरका योजना तथा कार्यक्रमहरु परेका छन ।
त्यसैगरी वडा नं. ६ मा ४१ लाख ६० हजार ,वडा नं.७ मा ४३ लाख ७३ हजार २ सय,वडा नं. ८ मा ३९ लाख ७८ हजार ,वडा नं. ९ मा ४९ लाख ४० हजार ६ ८० रुपैया,वडा नं.१० मा ७३ लाख ३० हजार ,वडा नं. ११ मा ५६ लाख ४४ हजार ,वडा नं. १२ मा ६५ लाख ३५ हजार ६ सय,वडा नं.१३ मा ६८ लाख ५९ हजार ६ सय,वडा नं. १४ मा ६९ लाख ७८ हजार ४ सय,वडा नं. १५ मा ६१ लाख ४४ हजार ४ सय र वडा नं.१६ मा ६६ लाख ३८ हजार ८ सय रुपैया बराबरका योजना तथा कार्यक्रमहरुलाई १६ औं नगरसभाको तेस्रो बैठकबाट पारित गरीएको छ।
समिति गठन
बर्दघाट नगरपालिकाको १६ औं नगरसभाको तेस्रो बैठकले वडा नं. ९ का वडा सदस्य बालिन्द्र विक्रम शाहीको संयोजकत्व तीन सदस्य लेखा समित गठन गरेको छ । जस्को सदस्यमा वडा नं. ७ की अम्विका खनाल र वडा नं. १० का हुमनाथ पारजुली ( ऋषी ) रहनु भएको छ । त्यसैगरी कार्यपालिका सदस्य प्रेम भुजेलको संयोजकत्वमा विधायन समिति गठन गरीएको छ । जस्को सदस्यमा वडा नं. १ की राधा थापा र वडा नं. ४ का जनक बहादुर रावल रहनु भएको छ ।
त्यस्तै कार्यपालिका सदस्य गोविन्द वि.क.को संयोजकत्वमा शुसासन समिति गठन भएको छ । जस्को सदस्यमा वडा नं. १५ की कार्यपालिका सदस्य रिता सुनार र वडा नं. १६ का सूर्य प्रसाद सुवेदी रहनु भएको छ ।
यसअधि नगर प्रमुखबाट नगरका सबै विषयगत समितिहरु खारेजी गरीएकोमा सभाबाट गठन गर्ने तिनवटा समितिलाई १६ औं नगरसभाको तेस्रो बैठकले गठन गरी पूर्णता दिएको छ भने वाँकी कार्यपालिका ले गर्ने अन्य विषयगत समितिहरु भने अब बस्ने कार्यपालिकाको पहिलो बैठकवाट नै गठन गर्ने तयारी रहेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
तर यता आर्थिक समितिका संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष कविराज आचार्यले भने कार्यपालिकावाट गठनहुने सबै विषयगत समितिहरु भने यथावत नै रहनेगरी आन्तरीक सहमति भएर नै आ.ब. २०८२÷०८३ को बजेट अघि बढेकोले पुराना विषयगत समितीहरुले निरन्तराता पाएको बताउनु भएको छ ।
१३ घण्टा लामो बैठक किन ?
बर्दघाट नगरको इतिहासमै सबै भन्दा लामो समय सम्मको कार्यपालिका बैठक बसेको छ । २०८२ असार ३० गते विहान ८ बजे बसेको नगरकार्यपालिकाको १५ औं बैठक नगरको इतिहासमै सबै भन्दा लामो समय सम्मको बैटक बन्न पुगेको छ ।
शुरुमा सहज र गहन छलफलबाट शुरु भएको बैठक मध्यान्न सम्म पुग्दा चरम उत्कर्षमा पुगेको र पछि एका एक सामान्य हुदै ९ बजे बेलुका सहज रुपमा सहमतिमा टुङ्गिएको बैठकमा सहभागि कार्यकालिका सदस्यहरुले बताएका छन ।
२०८२ असार ३० गते विहान ८ बजे बसेको नगरकार्यपालिकाको १५ औं बैठकमा राखिएको तेस्रो नं.को प्रस्ताव ( आ.ब. २०८२÷०८३ को बजेट सम्वन्धमा ) सहमति जुट्न नसकेपछि विहान देखि निरन्तर रुपमा वेलुका ९ बजे बल्ल सहमतिमा पुगेको थियो ।
गुटगत अन्तरद्धन्द्धको गन्ध , भागखोज्ने र लगाउने प्रवृत्तिका कारण असहमति जनाउदै बैठक लम्बीएको बैठकमा सहभागि कार्यपालिका सदस्यहरुले बताएका छन । उनीहरुले भाग लगाउनेहरुकै कारण जनताको करको रकम दुरुपयोग हुनेगरी अनावश्यक बजेटको विनियोजन गरीएको र त्यो नितिगत अनियमितता हुने पक्का रहेको बताएका छन । तर त्यसका वारेमा तपाई किन बोल्नु भएन त ? भन्दा आफुहरु बोलेर केहि नहुने बरु उल्टै आफुलाई ठूलो समस्या पर्नसक्ने भएकाले चुपलागेको उनीहरुको भनाई रहेको थियो ।