Jilla Ban Notis

एनएमबि बैंक परासीद्वारा बित्तीय साक्षरता कार्यक्रम सप्पन्न

0 51

परासी ,चैत्र ११
एनएमबि बैंक लिमिटेड रामग्राम परासीले बित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउदै आइरहेको ” ग्लोबल मनि विक २०२२ ” को अवसरमा एनएमएमबि बैंक रामग्राम परासीले रामग्राम स्थित परासी क्याम्पसमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

एनएमबि बैंक लिमिटेड रामग्राम परासीका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गर्नु भएकोथियो । उहाले बैंकको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, डिजिटल बैकिङ्ग, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा एनएमबि बैंकमा भिडियो कल माफर्त सन्सारभरभाट खाता खोलिने सुबिधा, शेयरब्कारोबार, बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवाको बारे अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रममा परासी क्याम्पसका सप्राचार्य गोविन्द न्यौपानेले क्याम्पसका युवा विद्यार्थी एवं शिक्षक/ प्राध्यापकहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा हार्दिक कृतज्ञ हुदै कार्यक्रमले बित्त सम्बन्धि कुरा आफुहरुलाइ सिकाएकोमा एनएमबि बैंकको सराहना गर्नु भएको थियो ।

एनएमबि बैंकले २०१७,२०१८, २०१९, २०२१ मा बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।

कार्यक्रममा बैंकका कर्मचारी डिबि कठयात, चिरञ्जीवी पौडेल, काशिराम डुम्रे, विवेक कुमार चौधरी, अमृत भण्डारीको उपस्तिथि रहेको थियो ।

Leave A Reply

Your email address will not be published.