Sarawal sit lahar Notis

क्यूपेक नेपाल बर्दघाट वडाकमीटीद्धारा चालकबन्दी गृहका लागि आर्थिक सहयोग

0 125

कृष्ण ढकाल
बर्दघाट,फागुन–३
यातायात मजदुर संगठनले निमार्ण गर्दैगरेको चालक बन्दी गृहका लागि क्यूपेक नेपाल बर्दघाट वडा कमीटीले आज नगद सहयोग गरेको छ ।
क्यूपेक नेपाल बर्दघाट नगर कमिटिका अध्यक्ष दिपक भुषालको रोहभरमा बर्दघाट वडा कमीटीले ११ हजार १ सय ११ रुपैया सहयोग गरेको नगर कमिटि अध्यक्ष भुषालले जानकारी दिनु भएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटको कार्यालय परिसरमा निमार्ण भैरहेको चालक बन्दी गृहको निर्माणका लागि क्यूपेक नेपाल बर्दघाट वडा कमीटीले आज यातायात मजदुर संगठन प्रदेश कमिटिका सचिव प्रकाश बस्याललाई उक्त नगद रकम हस्तान्तरण गरेको थियो ।

सहयोग रकम बुझदै यातायात मजदुर संगठन प्रदेश कमिटिका सचिव प्रकाश बस्यालले क्यूपेक नेपाल बर्दघाट वडा कमीटीले गरेको सहयोग प्रति धन्यवाद प्रकटगर्दै आगामी दिनमा पनि सामाजिक कार्यमा सबै मजदुरहरु एक भएर सहकार्य गरेर अघिबढ्नका लागि आग्रह गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.