Jilla Ban Notis

परासीमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, ३ जना घाइते ।

0 81

बर्दघाट,पौष–११
पश्चिम नवलपरासीको परासीमा आइतबार विहान पैदल हिंडिरहेका पैदलयात्रीलाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । बिहानको समयमा रामग्राम १० नदवा स्थित पेप्सी कम्पनीको लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलोगेट नजिकै मर्र्निङ वाकमा हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका मध्य रामग्राम नगरपालिका ३ परासीकी ३७ वर्षीया कमला रेश्मीको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका रामग्राम ३ बस्ने अन्दाजी बर्ष २७ की अस्मिता गैरेको दाहिने खुट्टा र भिसित्र चोटपटक लागेको हुदा उपचारको लागी पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको ५ । अर्का घाइते चितवन राप्ती ६ बस्ने ४५ वर्षका शिवप्रसाद राईको टाउकोमा गम्भिर चोट लागेको र निजको रुपन्देही स्थित क्रिमसन असपतालमा उपचार भइरहेको छ ।
त्यस्तै अर्का घाइते सुनवल २ नयाँ बस्ती बस्ने अन्दाजी बर्ष ३७ का अर्जुन ढकालको भने दाहिने खुट्टा र समान्य भित्रि चोट लागेको र निजको रामग्राम स्थित पृथ्वीचन्द्र असपतालमा उपचार भइरहेको पश्चिम नवलपरासीका प्रहरी नायक उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।
दुर्घटना गराउने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी शाहीले जानकारी दिनुभएको छ । मृतक कमलाको शवलाई आजै हिन्दु परम्परा अनुसार त्रिबेणीघाटमा दाह संस्कार गरिएको छ । मृतक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् ।

Leave A Reply

Your email address will not be published.