Sarawal sit lahar Notis

खानेपानी र सरसफाइ सम्वन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न ।

0 127

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३
विश्व सौचालय दिवसको अवसर पारेर बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको खानेपानी सुरक्षा योजनाको आयोजनामा खानेपानी र सरसफाइ सम्वन्धी सचेतना मुलक कार्यक्रम बर्दघाट ४ उपहारनगर टोलमा सम्पन्न भएको छ ।
संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजनाका संयोजक दिपक लम्सालको अध्यक्षता र सस्थाका सल्लाहकार एवं बर्दघाट नगरपालिका वडा नं.४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि हमालले सबैजना सचेत नभए सम्म संस्था र समुहको प्रयासले मात्र केहि नहुने बताउनु भएको थियो । उहांले खानेपानी संस्थाले संचालन गरेको खानेपानी र सरसफाइ सम्वन्धी सचेतना मुलक कार्यक्रम निक्कै महत्वपूर्ण रहेको बताउनु भएको थियो ।

उपहार नगर महिला आमा समुहको प्राङ्गणमा आयोजना गरीएको उक्त कार्यक्रममा संस्थाका स्वास्थ्य प्रतिनिधि कृष्णहरि पौडेलले सरसफाईका वारेमा जनचेतना मुलक प्रयोगात्मक कार्य समेत गरेर देखाउनु भएको थियो ।

सो अवसरमा उपहारनगर टोल विकास सस्थाका अध्यक्ष सृजना आचार्य,सुर्यगंगा साकोसका अध्यक्ष जनक रावलले टोलक्षेत्रवाट भएगरेका समस्या र सुधार गर्नु पर्ने पक्षका वारेमा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको खानेपानी सुरक्षा योजनाले आयोजना गरेको १० औं कार्यक्रमका रुपमा उपहार नगरमा भएका उक्त कार्यक्रम संस्थाको खानेपानी सुरक्षा योजनाका सदस्य रविलाल पाण्डेको स्वागत र सस्थाका सचिव धन वहादुर गुरुङको सँचालनमा सम्पन्न् भएको थियो । कार्यक्रममा उपहारनगर टोल विकास सस्थालाई सरसफाईका लागि ठेला ,कुचो,कोदालो,बेल्चा लगाएतका सरसफाईका सामाग्रीहरु समेत हस्तान्त्रण गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.