Jilla Ban Notis

अवरुद्ध खेलकुदका गतिविधीलाई अघि बढाउनुपर्छ ः ओली

0 25

परासी, भाद्र २१
नवलपरासी जिल्ला खेलकुदको उर्वर भुमी भएकोले राष्ट्र पहिचानको लागि अत्यन्त महत्वपुर्ण भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । नवलपरासी जिल्ला विकास खेलकुद विकास समितिको नवगठित कार्य समितिलाई पदस्थापन गर्दै आज लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम ओलीले उक्त कुरा बताउनुभएको हो ।
जिल्लाका खेलकुद विकास समिति यस भन्दा अगाडी राष्टिय खेलकुद परिषद अन्तरगत रहेको भए पनि अव भने प्रदेश समिति मातहतमा रहने वहाले बताउनु भयो । प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत कानुन पारित भइसकेको हुदा बजेटको बाडफाड पनि प्रदेशबाट नै हुने पनि वहाले जानकारी दिनुभयो ।
कोरोना महामारीलाई अव विस्तारै परास्त गर्दै अवरुद्ध बनेका खेलकुदका गतिविधीलाई अघि बढाउनुपर्ने बेला समेत आएको वहाले बताउनुभयो । नवलपरासी खेलकुद विकास समितिका कार्यालय प्रमुख बलराम शर्माको अध्यक्षता तथा लुम्विनी प्रदेशका सदस्य सचिव भिम वलीको प्रमुख आतिथ्यतामा पदबहाली कार्यक्रम सम्पन्न भएको हो ।

नवगठित कार्य समितिको अध्यक्षमा जोखन अन्सारी मिया, उपाध्यक्षमा होमनाथ भण्डारी, कोषाध्यक्षमा गोविन्द थापा, सदस्यहरुमा राजकुमार रेश्मी, ठगइ गुरांै, ममता क्षेत्री, आरती लामिछाने, सुरेन्द्र थापा, बुद्धिसागर गुप्ता रहनुभएको छ । प्रमुख अतिथि वलीले नवगठित समितिका पदाधिकारीलाई खादा तथा अविर लगाएर पदस्थापन तथा स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा लुम्विनी प्रदेश समितिका कोषाध्यक्ष कृष्ण देवकोटा, काका सदस्य उमा अधिकारी, नवनिर्वाचित अध्यक्ष जोखन अन्सारी मिया, कराते प्रशिक्षक रिषीराम पौडेल, योगेन्द्र हरिजन लगायतले बोल्दै खेलकुद स्वास्थ्य र राष्ट दुवैका लागि अपरिहार्य भएकोले निरन्तर लागिरहनु पर्ने भन्दै नया कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.