Jilla Ban Notis

जनकल्याण वहुउद्देश्यीय सहकारीले सहकारी एकिकरण प्रक्रियालाई प्रथामिकता दिने 

0 36

रमेश भुसाल

असार १९

पश्चिम नवलरासी स्थित सुनवल ६ विसासयमा रहेको जनकल्याण वहुउद्देश्यीय सहकारी संस्था लि. ले सहकारी एकिकरण प्रक्रियालाई अगाडी बढाउने भएको छ । जनकल्याण वहुउद्देश्यीय सहकारी संस्थाको कार्यक्षेत्र र उद्देश्यीय सँग मिल्ने सहकारीहरु विच एकिकरणका लागी प्रक्रिया अगाडी बढाउने संस्थाका अध्यक्ष तथा सहकारी एकिकरणका लागी गठित कार्यदलका संयोजक थान प्रसाद गरैले जानकारी दिनुभयो ।

संस्थाले वहुउद्देश्यीय अन्तर्गत , कृषि , पशुपाल, दुग्ध , व्यापार लगाएत समाजिक क्षेत्रलाई प्राथमिकता मा राख्दै सम्वन्धित सहकारीहरुलाई प्रत्रचार समेत गरेको अध्यक्ष गैरेको भनाई छ । सहकारी एकिकरण गर्ने सन्द्रभमा गत महिना जनसेवा दुग्ध सहकारी संस्था संग एकिकरण प्रक्रिया सम्पन्न भएको संस्थाका उपाध्यक्ष पदम प्रसाद काफ्लेले बताउनुभयो । संस्थाले दुग्ध कारोवार, मलखात, लधुवित्त , पशुपाल, वचत तथा ऋण लगाएत वहुउद्देश्यीय अन्तर्गत विविध कार्यक्रमहरु संचालन गरिरहेको संस्थका व्यवस्थापक दिनेश नाथ कवरले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.