विकासको अपार सम्भावना भएको मेरो देश,
जहाँ हामीले विकास र स्थायित्व बाहेक केही खोज्याछैनौ,
के छैन याँहा?
अपार जलश्रोत छ;
तेल देखि फलाम खानि भएको पुष्टि भै सकेको छ ,
मानो रोपे मुरि फल्ने माटो छ,
हिमाल,पहाड,तराई थरि थरिका जमिन छ!
झलझल झल्किने हिमाल
अनि
उर्लेर बग्ने नदिनाला छन् ,
जैविक विविधता र जडीबुटीले भरिपूर्ण छ,
विशिष्ट खालको जलवायु छ,
यति हुदाँहुदै पनि
बिश्वका गरिब राष्ट्र मध्य
पहिलो मा पर्छ,
मेरो देश ?
न त
देश विकासमा आमूल परिवर्तन आउन सक्यो,
वर्षा आयो कि पहाडमा पहिरोले मार्छ,
तराई डुवानले,शितलहरले अकालमा ज्यान गुमाइ रहेका
जनता बगेर,पुरियर,डुवेर र पिल्सियर मरिरहेका छन्
तर
शासक बर्ग भने
थोत्रो विकासको आकडा प्रस्तुत गर्न तल्लिन छ ?
मेरो देशलाई २०२२ सम्ममा
अति कम विकसित मुकबाट विकासोन्मुख मुलुकमा
स्तरउन्नति गर्ने घोषणा गरेको बर्षौं वितसक्यो,
तर
अवस्था झन झन नाजुक बन्दै छ ,
देशमा नत उत्पादन छ
नत प्राकृतिक श्रोत साधनको उपयोग नै भएको छ,
गरिवि उन्मुलन होस भनेर कति नेपालिहरुले ज्यान दिए
तर
विकासले गति लिन सकेन?
मुलुकको विकास
र
स्थायित्वको जिम्मा लिएर सिंहदरवारलाई
गन्तब्य बनाएकाहरुले
नेपाली जनतालाई
झन झन गरिव बनाए,
जनतालाई ढाँट्ने क्रम निरन्तर छ,
३०/४० वर्ष सम्म पटक पटक असफल भइसकेका ब्यक्तिहरुकै वरिपरि
आज पनि मुलुकको राजनिति घुमि रहेको छ ,
शासन प्रणाली मात्रै परिवर्तन भयो
तर
मुलुकको नेतृत्व गर्ने ब्यक्ति र प्रवृत्ति बदलियको छैन,
देशी विदेशीहरुको चलखेल मौलाएको हाम्रो देशमा
झन
अस्थिरताले स्थायित्व ग्रहण गर्दै गएको छ ,
मुलुक गरिब हुनुमा
राजनितिक क्षत्रको अकर्मण्यता प्रमुख कारण हो कि ?
नेताहरुले राजनीतिकलाई पेशा बनाएकै कारण
सबै दलका नेताहरुले
नाफा अनि नाफा
मात्रै खोज्ने गरेका छन्,
जसको कारणले
देश विधिको शासनबाट होईन
माफियाहरुबाट
चलेको होकि?
मेरो देश नेपालले
अहिले जतिपनि विकास गरेको छ त्यो पनि
आफ्नो बलबुतोमा गरेको भन्ने अवस्था छैन?
विदेशीको सहयोग र अनुदानको भरमा भएको
विकासमा नेताहरुले ठुलो परिवर्तन देखेका छन्न कि ?
यहाँ
राजनितिक चाकडी गर्नेको बुद्वीजिविहरुको
संख्या चाखलाग्दो छ !
हात थाप्ने बानी ले
विश्वमा नेपाल भिखारी सरह देखाइ रहेका नेताहरुले
खाडी बाट पठाएको रेमिट्यान्समा गर्ब गरिरहेका छन् ?
देशमा उधोग छैन,
भित्रै देखि केही गरौ भन्ने
उधोगी ब्यावसायिहरु
राजनीतिक टिका लगाएर
दलालि गर्ने नाम मात्रैका उधोगिहरुको छायामा छन्,
आय श्रोत नभए पछि
तिन तहको सरकारले
मनलाग्दी कर बढाएको छ,
नेपालि जनताको टाउकोमा ऋणको भार
थोपर्दै गएका समकालीन नेताहरुले
विकासको क्रान्तिलाई नेतृत्व गर्न सक्दैनन भन्ने कुरा पुष्टि भै सकेको छ ?
अर्को तर्फ सरकारि सम्पत्ति को चरम दुरपयोग छ ,
नेताहरु पेट दुख्दा पनि
राज्यको खर्चमा विदेशमा उपचार गर्न गइरहेका छन्?
नेतामा नेता हुनुको धङधङि मात्र छ ,
नेता भएपछी जेपनि गर्न पाइन्छ भन्ने मनोविज्ञान छ,
जगन्य अपराधी हरुलाई नेताहरुकै संरक्षण छ,
राजनितिज्ञ हरु भ्रष्ट प्रमाणिक हुन सक्ने थुप्रै आधारहरु छन्,
तर
अदालत देखि अख्तियार अख्तियार सम्मको सेटिङले कार्वाही नाममात्रको छ?
तसर्थ
ईच्छा शक्ति
अनि
दृढ विस्वाश र सङ्कल्प सहितको मेरो देशलाई
एउटा
‘लि क्वान यु’
अनि
‘महाथिर महम्मद’
चाहिएको छ?
वयोबृद्व नेतागणलाई सम्मान सहितको विदाई दिदैं
आउन हो
कर्मठ युवाहरु,
साँच्चीनै मेरो देश बर्बाद हुनेहोकि,
अब
पनि एउटा व्यक्ति को लागि नारा जुलुस हैन,
सबैको लागि मुलुक लिएर हिँड्ने कि ??
✍️ ईन्द्र कुमार राना