कृष्ण ढकाल
बर्दघाट,असार–३१
डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले आ.ब. २०७७÷०७८ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न् गरेको छ ।
कार्यक्रममा जिल्लाका स्थानिय खोलाहरुमा हुने गरेको चोरी निकासी ,वनपैदावरको चोरी निकासी देखि वन अतिक्रमणका घट्नाहरुका वारेमा सहभागिहरुले जिज्ञासा राखेका थिए ।
सहभागिहरुले राखेका जिज्ञासाका वारेमा डिभिजन वन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्ताले जवाफ दिनुका साथै अहिले सम्म जिल्लामा गरेका कार्य सम्पादनका वारेमा आफ्नो प्रस्तुती समेत राख्नु भएको थियो ।
त्यसैगरी बुद्ध शान्ति साझेदारी वन ब्यवस्थापन समुहमा भएको कार्य सम्पादनका विषयमा डिभिजन वन कार्यालयले गरेको ढिला सुस्तीका विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले ढिला गर्नुको कारण तत्काल दिन निर्देशन गर्नु भएको थियो । उहांले नत्र कावार्हि गर्ने सम्मको चेतावनी दिनु भएको थियो ।
जिल्ला समन्वय समितिका अध्यक्ष शिवशंकर राय को अध्यक्षतामा भएको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमा जिल्लाका सामुदायिक वनका प्रतिनिधि,प्रदेश सभा सदस्य देखि स्थानिय तहका प्रमुख ,जिल्लाका राजनितिक दल,प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख लगाएत पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।
डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले आज भूमहिमा आयोजना गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमका बोल्ले अन्य वनसंग सरोकारवालाहरुले
नेपालमा बैज्ञानीक वन ब्यवस्थापनको खारेजी गेरसंगै दिगो वन ब्यवस्थापन लागुगर्ने भनिएपनि अहिले सम्म दिगो वन ब्यवस्थापनको निति नआउदा समस्या परेको बताएका थिए । उनीहरुले एउटा पद्धतीको खारेजी भएको र अर्काे पद्धती लागु हुन नसक्दा समस्याभएको बताएका छन ।
बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय बर्दघाटका प्रमुख गिरीराज पन्थको संचालन र साहायक वन अधिकृत महेश्वरी भट्टको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा जिल्लाका ४ वटा सामुदायिक वनलाई पुरस्कृत समेत गरीएको थियो ।
जिल्लाका सबै वन समुह मध्ये उत्कृष्ट कार्य गर्ने वनहरुलाई डिभिजन वन कार्यालय नवलपरासीले नगद सहित पुरस्कृत गरेको थियो । यसरी पुरस्कृत हुनेमा वन देवि सामुदायिक वन सुनवल प्रर्थम,संसारकोट सामुदायिक वन बर्दघाट दोस्रो र खरकट्टी सामुदायिक वन सुनवल तेस्रो पुरस्कारवाट पुरस्कृत भएको छ भने कोटही देवी सामुदायिक वन सुनवल लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको वृक्षारोपणमा नेपालका नै नयां रकड कायम गर्न सफल भएको भन्दै सम्मान गरीएको छ ।