Jilla Ban Notis

बम विस्फोटमा आधा दर्जन घाइते, एकको अवस्था गम्भीर

0 20

लहान,चैत १
लाहानस्थित मालपोत कार्यालय लहान शाखामा आइतबार दिनको एक बजे बम विस्फोट हुँदा आधा दर्जन घाइते भएका छन् । घाइतेहरुमध्ये एकको अवस्था गम्भीर छ ।
सधैं झै भीड हुने मालपोत कार्यालय लाहानमा आइतबार पनि ग्राहकहरुको भीड रहेको मालपोत कार्यालयमा लाहान बजारको कागजातहरु रहेको कोठामा एक बजेतिर एक्कासि विस्फोट हुँदा आधा दर्जनको संख्यामा सेवाग्राहीहरु घाइते भएका हुन ।
इलाका प्रहरी कार्यालय लाहानका नायव उपरीक्षक डा। तपन दाहालका अनुसार सेवाग्राहीहरुको चाप रहेको समयमा भएको कुकर बम विस्फोटले घाइते भएकाहरुको उपचार लाहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा भइरहेको छ भने गम्भीर अवस्थामा रहेको घाइतेलाई बाहिर लैजाने तयारी भइरहेको छ ।
घटनास्थल मालपोत कार्यालयमा लहान नगरपालिकाबाट गएका बारुण यन्त्रले आगो निभएको थियो । घट्ना तराइ जनतान्त्रि मुक्ति मोर्चा जय कृष्ण गौइतको समूहले गराएको पर्चा घटना स्थलमा भेटिएको इलाका प्रहरी लाहानले जनाएको छ ।
घाइतेहरु सबै सेवाग्राही नै भए पनि कसैको पनि ठेगान खुल्न सकेको छैन । घट्नाबारे थप अनुसन्धान र घटनामा संलग्नहरुको पहिचानको लागि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो
२गोरखापत्र अनलाइन

Leave A Reply

Your email address will not be published.