Jilla Ban Notis

भूमि सम्बन्धी समस्या समाधान आयोग,जिल्ला समिति सचिवालयको कार्यालय स्थापना

0 63

कृष्ण ढकाल

बर्दघाट,फागुन –५

नवलपरासी जिल्लामा भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति सचिवालयको कार्यालय स्थापना भएको छ । नवलपरासी जिल्लामा भूमि सम्बन्धी समस्या समाधानका लागी आयोगको अध्यक्ष सहित दुई सदस्य र पदाधिकारी चयन भएपछि आज एक औपचारीक कार्यक्रमको आयोजना गरी आयोगको कार्यालय स्थापना गरिएको हो ।

भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समितिका अध्यक्ष बिमला अर्यालको अध्यक्षता र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

सो अवसरमा बोल्दै मन्त्री चौधरीले विगतका आयोगबाट कानूनको ठिक ढङ्गबाट परिपालन नहुँदा समस्या आएको बताउँदै मन्त्री चौधरीले अबको आयोगले वास्तविक भूमिहीन पहिचान गरी पुर्जा वितरण गर्ने विश्वास व्यक्त गर्नु भएको थियो । उहांले पद पाउनु ठुलो कुरा नभैतर पदको सही उपयोग गरी काम गर्न सक्नु महत्त्वपूर्ण  रहने मन्त्री चौधरीको भनाई रहेको थियो ।

त्यसैगरी प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी, वैजनाथ जयसवाल र भगवती भण्डारीले पनि दीर्घकालीन सम्म कोहि पनि सुकुम्वासी तथा अब्यवस्थीत बसोवासी नरहनेगरी समस्या समाधान खोज्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष विमला अर्यालले राजनीतिक आग्रह पूर्वाग्रह विना निष्पक्ष तवरले  आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।  यहांले भूमिहीनलाई निःशुल्क रुपमाजग्गा प्रदानगरी जग्गाको मालिक बनाउने र वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंखर प्रसाद राय, रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, प्रेस सङ्गठनका संयोजक मोहन पौडेल, आयोगका विज्ञ सदस्य बद्री श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए ।

आयोगले आज नवलपरासी उद्योग वाणीज्य संघको सभा हलमा औपचारीक कार्यक्रम आयोजनागरी पुनः आयोग कार्यालयमा गएर प्रदेश मन्त्री मार्फत आयोग अध्यक्षलाई पदभार ग्रहण गारईएको थियो ।

पदभार ग्रहण लगत्तै अयोगका अध्यक्ष बिमला अर्यालको अध्यक्षतामा पहिलो बैठक समेत बसेको थियो । जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनका दुई वटा कोठा प्रयोग गरी कार्यालय बनाइएको छ ।

Leave A Reply

Your email address will not be published.