sunwal

परासीमा क्रान्तिकारी माओवादीको प्रर्दशन

131

परासी १५ माघ
नेकपा क्रान्तिकारी माओवादीले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संसदीय ब्यवस्था बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न् गरेको छ । ¥याली पछिको बिरोध सभालाई सम्बोधन गर्र्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज पिताम्बर आचार्यले संसदीय ब्यवस्थाको अन्त्य र संघीय जनगणतन्त्र स्थापनाका लागि पार्टीले संर्घषको घोषणा गरेको बताए ।
उनले संसदीय ब्यवस्था जनताको अधिकारको विरुद्ध रहेको उल्लेख गर्दै अब शासन सत्ता नभई राज्य सत्ता परिर्वतनको दिशामा अगाडि बढनुको बिकल्प नभएको जनाए ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका लुम्बिनी प्रदेश सदस्य तथा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश संयोजक क्षेत्रबहादुर थापा क्षेत्री,क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश संयोजक रवि पाण्डेय, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष राजु प्रसाद खनाल,क्रान्तिकारी युवा लीगका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष पुर्ण प्रसाद पोखरेल लगाएतले आ–आफ्ना भनाईहरुराखेका थिए ।
बिभिन्न जनबर्गीय मोर्चा संगठनका नेतृत्वहरुका्े सहभागिता रहेको कार्यक्रम क्रान्तिकारी माओवादी नेता प्रेम रिमालको अध्यक्षता र प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलको संचालनमा भएको थियो ।