Jilla Ban Notis

परियार एकता संस्था बर्दघाटको वार्षिक साधारण सभा सम्पन्न् ।

0 27

माधब प्रसाद घिमिरे
बर्दघाट,माघ–६
परियार एकता संस्था बर्दघाट नगरको पाँचौं वार्षिक साधारण सभा मंगलवार सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष भोजराज रणपालको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको सो सभामा बर्दघाट नगरपालिका वडा नं. ४का वडाध्यक्ष रविन्द्र विक्रम हमाल,वडा नं. १ का वडाध्यक्ष मोतीलाल सुनार लगाएतका जनप्रतिनिधिहरु र विभिन्न दलितसंग सम्वन्धित संघसंस्थाका अगुवा नेताहरुको उपस्थिती रहेको थियो ।
संस्थाका सह–सचिव परविन रणपालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन सचिव चन्द्र रणपालले गर्नु भएको थियो । संस्थाको पाँचौं वार्षिक साधारण सभाले रिक्त रहेको कार्यसमिति सदस्यमा लाल बहादुर दमाईलाई मनोनित गरेको छ ।

Leave A Reply

Your email address will not be published.