कृष्ण ढकाल
बर्दघाट,असोज–२३
कृषिलाई ब्यवसायिमुखि बनाउन जरुरी रहेको बर्दघाट नगरपालिकाकी नगर उप–प्रमुख माया देवि पौडेलले बताउनु भएको छ । आज बर्दघाट नगरपालिकाको कृषि विकास शाखाले वडा नं. १५ मा आयोजना गरेको बिज वृद्धि कार्यक्रमको समुद्घाटन गर्दै उप प्रमुख पौडेलले उक्त कुरा बताउनु भएको हो । उहांले कृषि उत्पादनमा लागत कमगर्ने गरी ब्यवसायिक रुपमा खेती गर्न आवश्यक रहेको बताउदै त्यसका लागि नगरपालिकाले विभिन्न प्रकारका कृषि तालीम प्रदान गर्ने र कृषिऔजारहरु अनुदानमा वितरण गर्ने कार्य गरेको बताउनु भएको थियो । ब्यवसायिक रुपमा खेती गर्दा किसानहरुको आयमा वृद्धिभै नगर समृद्ध हुने भएकाले बर्दघाट नगरपालिकाले नगरक्षेत्रका किसानहरुलाई ब्यवसायिक तथा प्रविधिको प्रयोग गरी कम लागतमा उत्पादन गर्न सक्ने बनाउने तर्फ लागि परेको बताउनु भयो । नगर उप प्रमुख पौडेलले आगामि वर्ष नगरपालिकाले अनुदानमा वितरण गर्ने विऊका लागि अहिले नै मुल बिउ उत्पादन गर्न बिज कार्यक्रम संचालनमा ल्याएको बताउनु भयो ।
बर्दघाट नगरपालिका वडा नं. १५ को वडा कार्यालय परिसरमा आयोजित बिज बृद्धि कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका कृषि शाखा अधिकृत युवराज लम्सालले अहिले वडा नं. १५ को सृजनसिल सामुदायिक बिउ बैंकलाई मुल विऊ उत्पादनका लागि अहिले ८ सय के.जी. गहुं,२ सय के.जी मकै,२ पिस सप्रे टंकी र ३० पोका मल हस्तान्त्रण गरीएको बताउदै आगामी वर्ष नगरपालिकाले नै त्यो बिऊ खरीद गरी अनुदानमा विक्र गर्ने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै वडा नं. १५ का वडाध्यक्ष बल बहादुर बलालले किसानहरुको लागि नगरपालिकाले अघि सारेका योजनाहरु महत्व पूर्ण रहेको बताउदै आगामि वर्ष देखि वडाले पनि कृषिमा बजेट छुट्टाउने जानकारी गराउनु भएको थियो ।
बर्दघाट नगरपालिका कृषि शाखाका खुमकान्त न्यौपानेको संचालन र सृजनसिल सामुदायिक बिउ बैंकका अध्यक्ष्ँ हरि प्रसाद वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बिउ बैंकका अध्यक्ष्ँ वास्तोलाले नगरपालिकाले गरेको प्रयास आफैमा महत्व पूर्ण रहेको बताउनु भएको थियो ।