२०७७ साल तिजको बयान
बिश्व भरी कोरोनाले छैन चयन
बिश्व भरी कोरोनाले खत्रा संकेतदियो नि
तै रोग ले लाखौं जनको ज्यानै लियो नि
कठै बरा दाजु भाईको गयो बरै पराण
बिदेशी को मुलुकमा पर्यो मरण
पानी पनी खान नपाई बिदेशमा ज्यान गयो
घर परीवारको नेपालमा बिचल्लि भयो
बाबा आमा परीवारमा ऋिमति र छोरा छोरी
यिनका कति खसे कठै ऑंसु धरधरी
देख्नु छैन भेट्नु छैन गयो कठै परान
कोरोनाले कुकुर सरी पर्यो मरण
छोरा छोरी बाबा कहिले आउनु हुन्छ भन्दा हुन
बाउ आमाले छोरा आउने दिन गन्दा हुन
सुखै दिंउंला मिठै ख्वाउंला भनि गएं बिदेशमा
लास पनि आएन आमा मेरो स्वदेशमा
मेरो पति छैन भनि हिम्मत कहिल्लै नहारे
बुढा भाका बाउ आमालाई रूने नपारे
घरपरीवार तिम्रो जिम्मा राम्रो संग सपारे
बाबा सम्झि छोरा छोरी रूने नपारे
पत्नि हौ तिमी मेरी सम्झ छिन छिनमा
स्वर्ग मा नै भेट हौंला कुनै दिनमा
@ शान्ता भण्डारी
सुनवल