Jilla Ban Notis

ओलीको समर्थन र पार्टीको गुठवन्दीको अन्त्यका पक्षमा बर्दघाटमा प्रर्दशन

0 49

कृष्ण ढकाल
बर्दघाट,असार –१९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकताहरुले आज बर्दघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन र पार्टीको गुठवन्दीको अन्त्यका पक्षमा रहेर प्रर्दशन गरेका छन् । मदन भण्डारी बौद्धिक मञ्च नवलपरासीको अगुवाईमा भएको नेतृत्वलाई दवाव मुलक प्रर्दशनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ता देखि विभिन्न भात्रृ संगठनहरुको समेत सहभागिता रहेको थियो ।
प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लेखेका पोष्टरहरु बोकेर प्रर्दशन गरेका थिए . सो क्रममा उनीहरुले सहभागीहरुलाई मास्क पनि वितरण गरेका थिए ।
बौदिक मञ्चका बद्री खनालले चिसापानी चोकमा सम्वोधन गरेपश्चात चिसापानी चोकवाट शुरु भएको दवाव मुलक प्रदर्शनमा सहभागिहरुले विभिन्न किसिमका नाराहरु लेखीएका पोष्टरहरु आफ्नो छातीमा टासेर बर्दघाट चोक सम्म पुगेर कोण सभामा परिणत भएको थियो ।
र्याली बर्दघाट बजारमा पुगेपछि त्यहां जेष्ठ कम्युनिस्ट मञ्चका जिल्ला सल्लाहकार खेमलाल पोखरेलले सम्वोधन गर्नु भएको थियो ।
मदन भण्डारी बौद्धिक मञ्च जिल्ला अध्यक्ष सागरमणि पाण्डेको अध्यक्षमा भएको उक्त कार्यक्रममा मदनभण्डारी फाउन्डेसनका जिल्ला अध्यक्ष थान प्रसाद गैरे,मदन भण्डारी स्पोर्टस् एकेडेमि प्रदेश नं. ५ का उपाध्यक्ष शेर बहादुर आर्चाय,रुकमागत ज्ञवाली,धिरज शर्मा लगाएतका जिल्लाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकताहरुको उपस्थिती रहेको थियो ।.

Leave A Reply

Your email address will not be published.