Sarawal sit lahar Notis

प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपैंया जम्मा ।

0 25

बुटवल,चैत २७
प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपैंया जम्मा भएको छ । हालसम्म उक्त कोषमा सर्वसाधारणले मोवाईल बैंकिंङ्ख मार्फत सबैभन्दा कम १ सय रुपैया देखि सबैभन्दा बढी २५ लाख पचास हजार रुपैया जम्मा भएको छ । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २५ लाख ५० हजार रुपैंया जम्मा गरेको छ, त्यसैगरी भाटभटेनी सुपर मार्केटले २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले दश र दश लाख रुपैया जम्मा गरेका छन् । त्यसैगरी सिटिजन बैंक ७ लाख रुपैया, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे« बैंक, राष्ट्रिय बिमा संस्थानले ५ । ५ लाख रुपैंया जम्मा गरेका छन् ।
यसैगरी उक्त कोषमा गण्डकी बिकास बैंक र निर्धन उत्थान बैंकले चार ।चार लाख जम्मा गरेका छन् । त्यसैगरी,मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले ३ लाख ९६ हजार ९७,क्रिमसन कलेजले २ लाख ५५ हजार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले २ लाख ५१ हजार, लुम्बिनी आई ईन्स्टिच्युटले २ लाख २२ हजार २ सय २२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ५० हजार, सामुहिक वचत तथा ऋण सहकारी सस्थाले २ लाख, नेपाल भारत मैत्री समाज २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, प्रगतिशिल इञ्जिनियरिङ एशोसिएशनले १ लाख ५ हजार ५ सय, सशक्त बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार,कैलाश बिकास बैंकले १ लाख १ हजार,  उद्योग व्यापार संगठन रुपन्देहीले १ लाख १ हजार,रोटरी क्लब अफ तिनाउ बुटवलले, ६० हजार जम्मा गरेका छन् । त्यसैगरी बुटवल—११ निवासी शेरबहादुर गुरुङबाट १ लाख ५ हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट १ लाख रुपैंया, लीलामणि पौडेलबाट ५० हजार र कृष्ण बहादुर केसीबाट ४० हजार ५ सय ५५ रुपैंया जम्मा भएको छ ।
यो मध्ये विहिवार प्राप्त सहयोग रकमको चेक बैंक दाखिला गर्न बाँकी रहेको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ । कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको छ । यसका साथै बुटवलको धागो कारखानामा रहेको आईसोलेसन विशेष अस्थायी अस्पतालमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आईसियुका लागि आबश्यक उपकरण दिने घोषणा गरेको छ । नेपाल उद्योग परिसंघले प्रदेश ५ मा २० लाख रुपैंया र एनआईसि एशिया बैंकले ५ लाख रुपैंया बराबरको खाद्यान्न सहयोग गरेका छन् । एनएमबी बैंकले १ सय थान स्वास्थ्यसामग्री पिपिई प्रदान गरेको छ ।

Leave A Reply

Your email address will not be published.