सुस्ताका दीनदुःखीहरुलाई आपतका वेला साँझ बिहानको छाक टार्न गार्हो परे गाऊपालिकाले ब्यवस्था गर्दछ ः अध्यक्ष पाण्डे
कृष्ण ढकाल
बर्दघाट,चैत्र–१३
विश्व नै कोरोना भाइरस ‘कोभिड–१९’ को प्रभाव न्यूनीकरणमा लागिरहेको वेला नेपालले पनि निक्कै सतर्कताको प्रयास गरेको छ । कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेको वेला दैनिक ज्याला मजदुरी गरेर आफ्नो दैनिकी चलाउनेहरुका लागि समस्या हुने देखिएको छ । त्यसैले सोही समस्यालाई मध्ये नजर गर्दै नवलपरासीको सुस्ता गाउँपालिकाले आफ्नो गाऊपालिका भित्रका कोहि पनि गरीव दीनदुःखीहरु एक छाक खान नपाएर बस्नु नपरोस भनि त्यस्तो अवस्था आएमा गाउंपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ । सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले त्यस्ता घरपरिवारहरुका लागि स्थानिय टोल विकास समितिको सिफारिसमा वडाका जनप्रतिनि मार्फत आएमा ब्यवस्था गरीने बताउनु भएको छ । त्यसका लागि उआंले आफ्ना वडाध्यक्षहरुलाई निर्देशन समेत दिएको बताउनु भएको छ ।आफ्नो पालिकाका कसैलाई साँझ बिहान को छाक टार्न गार्हो परेको खण्डमा यो विपतका वेला गाऊपालिकाले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।