Bardaghat notish

नवलपरासी जिल्लामा अनेरास्ववियूको जिल्ला एकताले पूर्णता पायो ।

188

परासी,माघ–२३
नेकपाको भातृसंगठन अनेरास्ववियूको एकता भएसंगै नवलपरासी जिल्लामा पनि जिल्ला एकताले पूर्णता पाएको छ  ।  अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको एकता संगै अनेरास्ववियू को जिल्ला एकता भएको विहिवार पत्रकार सम्मेलनको आयोजनागरी जानकारी गराईएको छ । अनेरास्ववियूको जिल्ला संयोकमा सुसान्त घिमिरे र सह संयोजकमा विसाल गिरी रहनेगरी ५१ जनाको जिल्ला कमिटी घोषणा समेत सोही अवसरमा गरीएको थियो । अनेरास्ववियुले ७ सदस्यिय कार्यालय टिम र ७ वटै स्थानिय तहका संयोजक र सह संयोजक समेत विहिवार नै टुङ्गो लगाएको छ । नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, सचिव तुल्सी पासि अनेरावस्वीयुका केन्द्रिय सदस्य अमित खड्का सहित जिल्ला संयोजक र सहसंयोजकको बैठकले जिल्ला कमिटिको टुङ्गो लगाएको बताईएको छ ।
कार्यालय टिममा जिल्ला संयोजक सुसान्त शर्मा घिमिरे, सह–संयोजक विशाल गिरी सहित निरज पौडेल, सन्जय मौर्य, मनोज कुंवर, अस्मीता क्षेत्री र सन्देश कोईराला रहेका छन् ।
त्यसैगरी स्थानिय तह तर्फ सुनवल नगरपालिकामा संयोजक निरुता गैरे ,सह संयोक ज्ञान प्रसाद न्यौपाने, रामग्राम नगरपालिकामा संयोजक सन्देश न्यौपाने सह संयोजक सन्दिप बर्मा, सरावल गाउपालिकामा संयोजक ईन्द्र प्रसाद चौधरी सह संयोजक उमा चौधरी रहेका छन्  भने बर्दघाट नगरपालिकामा संयोजक अर्जुन सुर्यवंशी सह संयोजक सागर काफ्ले, सुस्ता गाउपालिका संयोजकमा मिलन सुवेदी सह संयोजक कमल ढकाल, पाल्निन्दन गाउपालिकामा संयोजक अब्बास धोवी सह संयोजक जागिर अलि अन्सारी, र प्रतापपुर गाउपालिकामा संयोजक अजय हरिजन सह संयोजक सुभान अलि धुनिया रहेका छन् ।
अनेरास्ववियूका जिल्ला संयोजक सुसान्त घिमिरेको अध्यक्षतामा भएको एकता घोषणाको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीका जिल्ला अध्यक्ष भविश्वर तिवारीले फागुन १४ गते हुने स्ववियु चुनावलाई मध्यनजर गरेर दुई कमिटीको एकता गरी अनेरास्ववियू जिल्ला कमिटी, कार्यालय टिम र पालिका स्तरका संयोजक र सह संयोजक तोकिएको बताउनुभएको थियो । त्यसैगरी नेकपा जिल्ला सचिव तुलसी पासीले कार्यकालको सफलताको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।