Sarawal sit lahar Notis

गौ संरक्षण तथा अनुसंधान केन्द्र बर्दघाटले महा यज्ञ गर्दै ।

0 168

कृष्ण ढकाल
बर्दघाट,मंसीर–९
सडकमा खुल्ला छाडिएका गाईवस्तुहरुको ब्यवस्थापन गर्ने उद्धेश्य लिएर स्थापना गरीएको गौ संरक्षण तथा अनुसंधान केन्द्र बर्दघाटको कार्यालय बुधवार समुद्घाटन गरीको छ । केन्द्रको समुद्घाटन बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवी पौडेलले गर्नु भएको थियो । सो अवसरमा बर्दघाट नगरपालिका वडानं. –४ का वडाध्यक्ष रबिन्द्र बिक्रम हमाल ,ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे लगाएत पत्रकारहरुको समेत उपस्थिती रहेको थयो ।

गौ संरक्षण तथा अनुसंधान केन्द्र बर्दघाटका अध्यक्ष भुपराज भुर्तेलको अध्यक्षतामा भएको कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै नगर उप प्रमुख पौडेलले सडकमा खुल्ला छाडिएका गाईवस्तुहरुको ब्यवस्थापन गर्न नितिगत रुपमा ठोस योजना बनाएर सस्थालाई दीर्घकालीन रुपमा अगाडी बढाउनका लागि आग्रह गर्नु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिका वडानं. –४ का वडाध्यक्ष रबिन्द्र बिक्रम हमालले सस्था स्थापना गरेर शुरु गरेको अभियान आफैमा महत्वपूर्ण रहेको बताउदै सरोकारवालाहरुबैसंग सहकार्य गरी अघि बढ्न सुझाब दिनु भएको थियो ।

सोही क्रममा गौ संरक्षण तथा अनुसंधान केन्द्र बर्दघाटका अध्यक्ष भुपराज भुर्तेलले गौ संरक्षणका लागि शुरुमा आर्थिक पाटो नै महत्वपूर्ण रहने भएकाले आर्थिक संकलन गर्ने र सबै माझा गौ संरक्षणका वारेमा जनचेता प्रवाहा गर्ने र धर्म संस्कारका वारेमा जानकारी गराउने उद्धेश्यले धनधाञ्यान्चल महायज्ञ गर्न लागिएको बताउनु भएको थियो । यहि मंसिर २६ गतेवाट बर्दघाट– हरियाली नगरमा यज्ञ लगाएर संकलित रकमले स्थानिय तह र सरोकारवालाहरु निकायले िउपलब्ध गराएको स्थानमा गौशाला निमार्णका लागि शुरुमा केहि टहरा बनाएर अघिबढ्ने योजना संस्थाले लिएको अध्यक्ष भुर्तेलले बताउनु भएको थियो ।

मंसीर २६ गतेदेखी पुष ५ गते सम्म बर्दघाट – ४हरियाली नगर बर्दघाट मण्डवमा आयोजना गर्ने योजना बनाएर महायज्ञ मा कथा वाचनका लागि प्रमुख बाचकको रुपमा भावगत बाचक परशुराम शास्त्रीलाई निमन्त्रणा समेत गरी सकेको कार्यालय समुद्घाटन पश्चात आयोजित पत्रकार सम्मेलन मार्फत अध्यक्ष भुर्तेलले जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.