Jilla Ban Notis

८ स्वर्ण, २ रजत र २ कास्यसहित १२ पदक जित्दै नवलपरासी च्याम्पियन बन्न सफल ।

0 125

कृष्ण ढकाल
बर्दघाट,असोज–७

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगितामा मार्सलआर्टको विधातर्फ आईटीएफ तेक्वान्दोमा नवलपरासी जिल्लाले उपाधि चुमेको छ । नवलपरसाीले ८ स्वर्ण, २ रजत र २ कास्यसहित १२ पदक जित्दै नवलपरासी जिल्लाको टिम च्याम्पियन बन्न सफल भएको छ ।

यसैगरी लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगितामा मार्सलआर्टको विधातर्फ आईटीएफ तेक्वान्दोमा पाल्पा जिल्लाले ६ स्वर्ण, १ रजत र ७ कांस्य गरी कूल १४ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने गुल्मी जिल्ला ५ स्वर्ण, ३ रजत र १ कांस्य गरी कूल ९ पदक जित्दै तेस्रो प्राप्त गर्न सफल भएको छ । त्यस्तै रोल्पा जिल्लाले ४ स्वर्ण, १ रजत र ३ कांस्य गरी कूल ८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।

आईटीएफ तेक्वान्दोमा प्रतियोगितामा महिलातर्फ गुल्मीकी सविना श्रेष्ठ र पुरुषतर्फ पाल्पाका रजन रेश्मी उत्कृष्ट घोषित भएकाछन् ।

गण्डकी प्रदेशको पोखरामा आगामि अशोज २८ गते देखि कार्तिक ३ गते सम्म हुने नबौ रास्ट्रिय खेलकुद् प्रतियोगितामा हुने खेलबिद्यामा ३६ खेलहरु मध्ये पश्चिम नवलपरासी जिल्लाबाट १८ वटा खेल विद्याका प्रतियोगितामा सहभागिता जनाउने गरी तयारीमा लागेको जिल्ला खेलकुद् विकास समिती नवलपरासीका अध्यक्ष रितमान कामु मगरले बताउनु भएको छ ।

नवपरासीवाट बक्सीङ्ग,कराँते,टेक्वान्डो,आईटिएफ टेक्वान्डो,क्रिकेट,शारिरीक सुगठन र कुस्ती प्रतियोगतामा सहभागिता जनाउने तयारी गरीएको छ भने महिला तथा पुरुष दुबै टिमको सहभागि हुने गरी भलिबल,फूटबल कबड्डी खोखो,ब्याडमिन्टन, टेवल टेनिस,एथलेन्टीस लगाएतका खेलबिद्याहरुमा पश्चिम नवलपरासीले सहभागिता जनाएर सबैभन्दा बढी उपाधि हात पार्ने गरी तयारी गरीएको बताईएको छ ।

अशोज २८ गते देखि कार्तिक ३ गते सम्म हुने नबौ रास्ट्रिय खेलकुद् प्रतियोगितामा नवलपरासी जिल्लावाट मात्रै करिव ३ सय ६० जना खेलाडीहरुको सहभागिता रहने अध्यक्ष कामुले बताउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.