Jilla Ban Notis

६० प्रतिशत अनुदानमा सुस्ताका ६१ जना कृषकहरुलाई कृषि मोटर वितरण ।

0 24

श्याम थापा
सुस्ता,श्रावण– ५

नवलपरासीको सुस्ता गाउँपालिकाले किसानहरुलार्इ ६० प्रतिशत अनुदानमा कृषि मोटर वितरण गरेको छ । किसानहरुलाई सिंचाईको समस्याभएको महसुस गरेर ६० प्रतिशत अनुदानमा सुस्ताका ६१ जना कृषकहरुलाई २ हर्ष पावरको कृषि मोटर वितरण गरिएको सुस्ता गाऊपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो । सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षयतामा भएको कृषि मोटर वितरण कार्यक्रममा सुस्ता गाउँपालिकाको वार्ड न १ देखि ५ सम्मका विभिन्न टोलमा व्यवसायी तथा निरन्तर रुपमा खेती गर्ने ६१ जनालाई कृषकलाई माग अनुसार कृषि मोटर वितरण गरिएको बताईएको छ ।
वितरण गरिएको कृषि मोटरबाट सिंचाइ गर्दा किसानलाई सस्तो र छिटोछरितो पनि हुने बताईएको छ । सुस्ता गाउँपालिकालाई किसानमुखी गाउँपालिका बनाउने उद्देश्यले कृषि मोटर वितरण गरिएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताउनु भयो । गाउँपालिकाको ६० प्रतिशत र किसानहरुको ४० प्रतिशत लागतमा कृषि मोटर वितरण गरिएको कृषि शाखा सुस्ताले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.