Jilla Ban Notis

४ लाख मुल्य वरावरको अवैध कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरीयो ।

0 22

जितेन्द्र गुप्ता
पाल्हिनन्दन,साउन–२६
नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा नं. ६ सनही क्षेत्रवाट प्रहरीले आज करिव ४ लाख मुल्य वरावरको अवैध कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ । सिमाक्षेत्रमा रहेको शसस्त्र प्रहरी वल नेपाल नं. २६ गण हे.क्वा.नवलपरासीको टोलीले उक्त अबैध बोईलर कुखुराको चल्ला वरामत गरेको हो । बरामत गरीएको ५५ काटुन को ५ हजार गोटा चल्लाहरु पशु क्वारेन्टाईन महेशपुर र संचारकर्मीहरुको रोहभरमा खाल्टोखनी पुरेर नष्ट गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.