Jilla Ban Notis

१ लाख २० हजार मुल्य बराबरको अबैध केराउ बरामद .

0 16

उर्मिला यादव
अषाढ ६
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको अन्दाजी १ लाख २० हजार मुल्य बराबरको अबैध केराउ बरामद गरेको छ । आज बिहान प्रहरी चौकी बसहियाको प्रहरी टोलिले जिल्लाको प्रतापपुर गाउपालिका वडा नम्बर ५ भैरवपुरबाट भारत तर्फ अबैध रूपमा लैजादै गरेको ८ बोरामा ३ सय ७५ किलो मटर केराउ बरामद गरेको हो। प्रहरीका अनुसार उक्त मटर मानिसले टाउकोमा बोकि लैजादै गर्दा प्रहरी टोलिलाई देखेर बोरा फाली भागेका थिए । यस्तै गरि सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलिले आज बिहान सरावल गाउपालिका वडा नम्बर ७ मुजरहियाबाट २५ बोरामा अन्दाजी ९ सय किलो केराउ बरामद गरेको छ । उक्त केराउ मानिसले साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखि बोरा फालेर साइकल सहित भागेको प्रहरीले जनाएको छ । ३३ बोरामा बरामद भएका अन्दाजी १हजार २ सय ७५ किलो केराउको मुल्य १ लाख २० हजार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । बरामद भएका केराउ आज नै आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.