Jilla Ban Notis

हिस्टुन नवलपरासीद्धारा आई सि टी तालीम प्रदान ।

0 32

कृष्ण ढकाल
बर्दघाट,श्रावण–१०
माध्यामिक विद्यालय शिक्ष्ँक युनियन नेपालको आयोजनामा एक दिने आई सि टी तालीम सम्पन्न् भएको छ । नवलपरासी जिल्लाका माध्यामिक विद्यालय शिक्ष्ँक युनियन नेपालमा आवद्ध रहेका शिक्षकहरुको सहभागिता रहेको उक्त तालीमको सहजी करण माध्यामिक विद्यालय शिक्ष्ँक युनियन नेपालका नवलपरासी उपाध्यक्ष पुरण गुरुङ्गले गर्नु भएको थियो ।
हिस्टून नवलपरासीका अध्यक्ष प्रेम लाल सापकोटाको अध्यक्षता र सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त तालीमको शुभारम्भ गरीएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख थापाले अबको शिक्ष्ाँ ब्यवहारीक र प्रविधि मैत्री बनाउनका लागि शिष्ँकहरु पनि प्रविधि मैत्री हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
त्यसैगरी सुनवलको भगवती मावि,वनकट्टीमा भएको कार्यक्रममा बोल्दै माध्यामिक विद्यालय शिक्ष्ँक युनियन नेपालका केनद्रीय सदस्य चुरामणी भण्डारीले नगरपालिकामा हुने सबै शैक्षिक क्रियाकलापहरुमा हिस्टुनको प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा सुनवल नगरपालिका वडा नं. ५ का वडाध्यष थमन सिंह नेपाली,सुनवल नगरपालिका शिक्षक महासंघका अध्यक्ष बाबुराम पाण्डे लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.