Sarawal sit lahar Notis

हाम्रोसुपर बचत तथा ऋण सहकारी संस्थाको क्षेत्रगत वार्षिक साधारण सभा सम्पन्न् ।

0 49

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२४
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानीले आफ्नो १४ औं वार्षिक साधारण सभाको क्षेत्रगत वार्षिक साधारण सभा आज चिसापानीमा सम्पन्न् गरेको छ । संस्थाको केन्द्रिय कार्यालय अन्र्तगतको क्षेत्रगत वार्षिक साधारण सभा अन्र्तगत आज चिसापानीमा सभा सम्पन्न् भएको हो ।
संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र निर्वतमान अध्यक्ष माया देवि पौडेलको प्रमुख आतिथ्यतामा भएको क्षेत्रगत वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथी पौडेलले अहिले संस्था नीति बिधि र प्रबिधि मैत्री भएकाले संस्थाको भविष्य र शेयर सदस्यहरुको लगानी सुरक्षीत रहेको बताउनु भएको थियो । उहांले संस्थाले शेयर सदस्यहरुको आर्थिक ,सामाजिक तथा सांस्कृृतिक पक्षमामा समेत सहजता प्रदान गरेको बताउनु भएको थियो । तीन वटा सहकारीको मर्चपछि हुनलागेको यो पहिलो साधारणसभा अर्थात १४औ वार्षिक साधारण सभा संस्थाका लागि ऐतिहासिक रहने उहांले बताउनु भएको थियो ।

त्यस्तै संस्थाका वरिष्ठ सल्लाहकार तथा नेफ्स्कुनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले संस्थालाई बलियो बनाउन पहिले संस्थाको पुंजि संकलनलाई बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थयो । उहांले शेयर सदस्यहरुलाई सामाजिक सुरक्षा प्रदान गर्नु पर्नेमा समेत जोड दिनु भएको थियो भने देशका ४० वटा उत्कृष्ट सहकारीहरु मध्ये हाम्रो सुपर सहकारी पनि एक भएको प्रति खुशी प्रकट गर्नु भएको थियो ।
त्यसैगरी संस्थाकी सल्लाहकार तथा जिल्ला सहकारी संघकी सदस्य दिलकुमारी कुवंरले सहकारीहरु अब ब्यवसायिक बन्नु पर्नेमा जोड दिनिु भएको थियो । उहांले जिल्लाका केहि सहकारीहरु आलु खेती तर्फ लागेको समेत बताउनु भएको थियो ।

संस्थाकी उपाध्यक्ष सावित्रा दवाडीको स्वागत मन्तब्य र सचिव बिष्णु प्रसाद बरालको संचालनमा भएको उक्त क्षेत्रगत वार्षिक साधारण सभाको आज तेस्रो दिन केन्द्रीय कार्यालय अन्र्तगतका सेयर सदस्यहरुको भेला गरीएको थियो ।

सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा संस्थाको कारोवार १ अर्व मा पुय्उने लक्ष्य लिएको बताउनु भएको थियो । त्यसैगरी संस्थाा शेयर सदस्यहरु १० हजार बनाएर आफ्नो लक्ष्य पुरा गर्नेमा आफु र आफ्नो टिम कटिबद्ध भएर लागेको बताउनु भएको थियो । उहांले अब प्रत्येक वर्ष एब सेवा केन्द्र विस्तार र एक अन्य सहकारीलाई जोड्ने कार्यलाई समेत विषेश महत्वका साथ लागिएको पन जानकारी गराउनु भएको थियो । त्यसैगरी गाउमा छरिएर रहेका समुहहरुका ब्यीक्त र रमकलाई पनि अब सहकारीमा नै जोडेर अघि बढ्ने बताउनु भएको थियो ।

२०६७ साल माघ २ गतेका विधिवत रुपमा दर्तागरी आफ्नो सेवा शुरु गरेको सय संस्थाले अहिले बर्दघाट नगरपालिकाको सबै वडाहरुलाई आफ्नो कार्यक्षेत्र बनाएको छ । ४ हजार ४ सय १६ जना शेयर सदस्यलाई समेटेर आफ्नो सेवा प्रवाह गरीरहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानीले अहिले पञ्चनगर,भटौलिया,जिमिरेचार र दाउन्नेमा आफ्नो सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह गरीरहेको संस्थाका अध्यक्ष खेमराज सुवेदीले बताउनु भएको छ ।

२ करोड ७१ लाख ८५ हजार ३ सय शेयर पुंजी रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानीको अहिले २० करोड २९ लाख ६८ हजार १ सय ३२ रुपैया बचत र २० करोड ५९ लाख ११ हजार ५ सय ५ रुपैया ऋण लगानी रहेको संस्थाका ब्यवस्थापक विष्णु वस्नेतले बताउनु भएको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ९० लाख ७१ हजार ४ सय ९५ रुपैया रहेको र कुल पुंजी २७ करोड १५ लाख ३५ हजार ४ सय ४१ रुपैया ६० पैसा रहेको संस्थाले प्रकाशन गरेको प्रतिवेदन पुस्तीकामा उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.