Jilla Ban Notis

निवृत्त भरण अवकास सुविद्या लिएकाहरुले सामाजिक भक्ता नपाउने ।

0 178

फूलकुमारी ढकाल
बर्दघाट,श्रावण
असार १७ को मन्त्री परिषदको निणर्य अनुसार अब स्वदेशी तथा विदेशी सरकारवाट कुनै प्रकारले नियमित रुपले पारीश्रमीक,निवृत्त भरण अवकास सुविद्या एवं अन्य सुविद्या पाईरहेकाहरुले अब सामाजिक सुरक्षा भक्ता नपाउने भएका छन् ।
सामजिक सुरक्षा भक्ता ऐन अनुसार कुनै प्रकारले नियमित रुपले पारीश्रमीक,निवृत्त भरण अवकास सुविद्या एवं अन्य सुविद्या पाईरहेका र विदेशी सरकारवाट कुनै प्रकारले नियमित रुपले पारीश्रमीक,निवृत्त भरण अवकास सुविद्या लिएकाहरुलाई समेत सामजिक सुरक्षा भक्ता वितरण नर्गनका लागि बर्दघाट नगरपालिकाले आफ्ना सबै वडा कार्यालयमा निर्देशन गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको पत्रको निर्देश अनुसार आफ्ना सबै वडामा जानकारी पठाईएको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.