Jilla Ban Notis

सुस्ता गाउँपालिकाले बनायो २१ शौयाको दोस्रो क्वारेन्टाइन

0 27

श्याम थापा
सुस्ता , चैत १५
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले सुस्ता वार्ड न ५ पक्लिहवामा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवनमा निर्माण गरिएको १० शैयाको प्रथम क्वारेन्टाइनमा भारत र अन्य मुलुकबाट कमाएर आएका सुस्ताका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने चाप बढेपछि सुस्ता गाउँपालिकाले २१ शैयाको दोस्रो क्वारेन्टाईन निर्माण गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिएपछि यसको जोखिमलाई मध्यनजर गर्दै र भारत लगायत अन्य मुलुक बाट कमाएर आउने सुस्ताका नागरिकहरुको बढ्दो चाप हुन लागेपछि सुस्ता गाउँपालिकाले दोस्रो क्वारेन्टाइन निमार्ण गर्नु परेको क्विक रेस्पोन्स टिमका संयोजक एवं सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले बताइन । सुस्ताको वार्ड न २ हरखपुरामा रहेको युनाइटेड एकाडेमीको भवनमा २१ शैयाको सुविधायुक्त दोस्रो क्वारेन्टाईन निर्माण गरिएको हो । कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुलाई राखिने क्वारेन्टाईनमा स्वास्थ्यकर्मीको टोली सहित खाना,अवास र औषधी उपचार लगायतका सेवाहरुको ब्यवस्थापन गरिएको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताए । सुस्तामा अहिले भारत र अन्य मुलुक बाट कमाएर आएका मध्ये ६ जनालाई क्वारेन्टाइनमा राखिएको क्वारेन्टाइनका संयोजक भागिरथी भेडिहारले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.