Jilla Ban Notis

सुस्ताका कोरोना भाईरसको संक्रमण पुष्टिभएका ब्यक्ति बैशाख ३० गते भारतको मुम्बईबाट आएका थिए ।

0 14

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–७
नवलपरासीको दक्षिणी क्षेत्रमा वसोवास गर्ने नेपालीहरु भारतवाट नेपाल प्रवेश गर्दा कोरोना भाईरसको संक्रमण बढेर गएको छ । आज बिहान कोरोना भाईरसको संक्रमण पुष्टि भएका सुस्ता पाँच बेलवानीका २७ वर्षिय पुरुष पनि गत बैशाख ३० गते भारतको मुम्बईबाट आएको बुझिएको छ । नेपाल–भारतका सिमा नाकाहरुमा प्रहरीको निगरानी रहेपनि नेपाल प्रवेशमा रोक्ने काम हुन नसक्दा खतरा झन बढेर गएको छ । नवलपरासीको सुस्ता क्षेत्रवाट डुंगाको प्रयोग गरी प्रहरीसंग नै नेपाल प्रवेश गरेका उक्त बेलवानीका २७ वर्षिय पुरुष सिधै क्वारेन्टाईनमा गएर बसेको बुझिएको छ । डुगांवाट मानिसहरु बढी आवत जावत गरेपछि अहिले नारायणी नदिमा डुंगा संञ्चालनमा रोक लगाईएको सुस्ता गाँउपालीकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भएको छ । बेलवानीका २७ वर्षिय पुरुषसंग सम्र्पकमा आएका प्रहरी सहित सबैको भोली स्वाब संकलन गरि परिक्षणका लागी पठाईने तयारी गरीएको स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.