Sarawal sit lahar Notis

सुर्तिजन्य पदार्थ नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउदै बर्दघाट नगरपालिका ।

0 69

कृष्ण ढकाल
बर्दघाट,बैशाख–६
आफ्नो नगरक्षेत्रका नगरवासीहरुलाई सुर्तिजन्य पदार्थको प्रयोग र त्यसको प्रभावले पार्ने असरका वारेमा सचेत गर्न बर्दघाट नगरपालिकाले सुर्तिजन्य पदार्थ नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाईएको छ ।

सुर्तिजन्य पदार्थ नियन्त्रण अभियान अन्तर्गत आज नगरका पाँचवटै बजार विकास समितिका पदाधिकारी,प्रहरी,पत्रकार तथा किराना पसल संचालनहरु लगाएका सरोकारवाला निकायहरु लाई जम्मा गरेर सुर्तिजन्य पदार्थ नियन्त्रण अभियानका वारेमा सचेतना मुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न् गरेको छ ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेधनाथ पाध्यको अध्यक्षतामा भएको उक्त सुर्तिजन्य पदार्थ नियन्त्रण अभियान कार्यक्रममा बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले सहजीकरण गर्नु भएको थियो ।

चार दिन सम्म फरक –फरक क्षेत्रका नगरका सरोकारवाला निकायहरुलाई लक्षीत गरी आयोजना गरीएको उक्त कार्यक्रममा उद्योगी, ब्यवशायी, टोल समिति ,प्रहरी,पत्रकार,खानेपानी तथा सरसफाई सँस्थाका पदाधिकारी तथा कर्मचारी,बजार विकास समितिका पदाधिकारी लगाएतका सरोकारवाला निकाएहरुलाई सुर्तिजन्य पदार्थले निम्त्याउने समस्या र त्यसको असरका बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखाका अधिकृत एवं कार्यक्रम सँयोजक कृष्णहरी पौडेलले जानकारी बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.