Jilla Ban Notis

सुनवल ६ तिलकनामा संचालीत स्वं गोम बहादुर थापा स्मृति कपको बुधवारको खेलमा देबिनगर बिजयी ।

0 32

सुनवल, माघ–१
नवलपरासीको सुनवल ६ तिलकानामा संचालीत प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज बुधवार देबिनगर बिजयी भएको छ । तिलकना युवा क्लव सुनवल–६ को आयोजनामा गत पुष २५ गते देखि सुरु भएको खुल्ला नकआउट फुटवल प्रतियोगितामा बुधवार देबिनगर युवा क्लव बुटवल ११ र लर्डबुद्ध युवा क्लव सुनवल ५ बनकट्टि बिच भएको खेलमा देबिनगर युवा क्लव बिजय भएको छ । लर्डबुद्धलाई ३–१ को गोल अन्तरले पराजित गर्दै देबिनगर बिजय भएको आयोजक क्लवका अध्यक्षले जानकारी दिनु भएको छ । भोली बिहिबारको खेल सुनवल १० गैडाखाल र डि. युनिटि खैरेनि बिच प्रतिष्पर्धा हुने बताईएको छ । २४ टिमको सहभागिता रहेको फुटवल प्रतियोगिता माघ १९ गते सम्म संचालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार मेडल र प्रमाण पत्र पाउनेछ भने दोस्रो हुनेले नगद र २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.