Jilla Ban Notis

सुनवल १२ हरकट्टामा धनधान्यनञ्चल विराट ज्ञान महायज्ञ हुने

ज्ञान महायज्ञको मुल समिति गठन

0 32

रामु भुषाल
बर्दघाट।मंसिर–४
जनता आधारभुत विद्यालय सुनवल १२ हरकट्टामा यही मशिंर २६ गतेदेखी शैक्षिक उत्थानका निमित सञ्चालन हुने श्रीमद् भागवत पितृमोक्ष धनधान्यनञ्चल विराट ज्ञान महायज्ञको मुल समिति सहित विभिन्न उपसमितिरु बुधबार उक भेलाका बीच गठन गरिएको छ । भेलाले उक्त विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष अमर नारायन चौधरीको समयोजकत्वमा ३ सय ११ सदस्यिय यज्ञ सम्पादन मुल आयोजक समिति गठन गरेको छ । साथै भेलाले यज्ञ समपन्न गर्नका लागी ५१ वटा विभिनन उपसमिति समेत गठन गरेको र बुधबार नै उपसमितीका समयोजक समेत चयन गरिएको छ । उक्त भेलाले यज्ञको प्रमुख सरक्षकको रुपमा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरत र संरक्षकमा सुनवल नगर उपप्रमुख दधिराम अर्याललाई चन गरेको छ भने सल्लाहकार समयोजकमा हरिनारायन श्रेष्ठ, महिला सल्लाहकार समयोजकमा तारा भण्डारी, सुचना प्रचार प्रसार समयोजकमा नारायण पाण्डे रहनुभएको यज्ञ समपादन मुल समितिले जानकारी दिएको छ । १८ औ पुराणका प्रखर वक्ता बाल ब्यास नारायण न्यौपानेको कथा प्रबचन रहने महायज्ञको मिडिया पार्टनर सामुदायिक रेडियो दाउन्ने रहेको छ ।

Leave A Reply

Your email address will not be published.