Jilla Ban Notis

सुनवल–१२ फरौलीमा बालबालिकाहरुका लागी निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

0 27

कमल गैरे

सुनवल,चैत्र–२१
नेपाल राष्ट्रिय शिक्षक संगठन सुनवलको आयोजना तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटि पश्चिम नवलपरासीको सहआयोजनामा बालबालिकाहरुका लागी निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन सुनवल नगर अध्यक्ष टंक प्रसाद सुवेदीको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा सुनवल १२ फरौली स्थित जय दुर्गा प्राथमिक विद्यालय परिसरमा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि अर्यालले संगठनले समाजिक उत्तरदायित्व अन्र्तगत समुदायमै गई बालबालिकालाई निशुल्क स्वास्थ्य परिक्षण गरेको प्रति आभार ब्यक्त गर्दै सुनवल नगरपालिकाले पनि नगरभित्र रहेको बेरोजगारीलाई अन्त्यका लागी कृषी, पशुपालन र शिक्षा, स्वास्थ्य तथा सरसफाईमा विशेष ध्यान दिई विभिन्न योजनाहरु अघि सारेको बताउनुभयो ।


कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष भविश्वर चापागाई, खानेपानी महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, संगठनका नगर पु्र्व अध्यक्ष होम नाथ सुवेदी, जय दुर्गा प्राविका प्रअ तिर्थराज उपाध्याय लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सुनवल नगरपालिका, सरावल गाउपालिकाका र विद्यालयका बालबालिका गरि १ सय ५० जना बालबालिकालाई आम्दा अस्पताल बुटवलका वरिष्ट शिशु तथा बाल रोग विशेषज्ञ उदय कुमार सिंहले आखां, कान, घाटी, छाती लगाएत शरिरका विभिन्न अगंहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
बालबालिकामा गरिएको स्वास्थ्य परिक्षणका क्रममा सरसफाई र कम तौलको समस्या बढी देखिएको विशेषज्ञ डाक्टर सिँहले जानकारी दिनुभएको छ । अनेरास्ववियुका जिल्ला सह समयोजक निरज खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संगठनका नगर कोषाध्यक्ष युवराज पाण्डेलले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.