Jilla Ban Notis

सुनवल स्थित बेलारी नजिकैको चुरेभावरमा बन्ने भो हिलपार्क

0 76

पुरन अधिकारी
सुनवल
सुनवल नगरपालिकाले सुनवल ४ बेलारी स्थित खानेपानी टंकी भएको स्थान माथि हिलपार्क निर्माणका लागि बाटो ,विधुत,शौचालय जस्ता पुर्वाधारका कामहरू धमाधम सुरु गरेको छ। नगरभित्रका बासिन्दा एवं आन्तरिक र बाह्य पर्यटकलाई पनि लोभाउन र आकर्षित गर्न सक्ने गरि पार्कको निर्माण गरिने नगरपालिकाले जनाएको छ।शहरीक्षेत्रमा बसोबास गर्नेहरुलाई हिजोआज खुल्ला र मनोरमठाउहरुको कमि महसुुस भएकैबेला सुनवल चौराहाबाट ३ किलोमिटरको दुरिमा चुरेभावर पहाडमा हिलपार्क निर्माणको काम सुरु हुदा स्थानीयहरु पनि गर्मियाममा चुरेको शितलतामा रमाउन पाइने र हिलपार्क बाट सुनवल नगरपालिकाको साथै छिमेकी नगरहरुको पनि दृश्य अवलोकन गर्न पाइने हुदा उत्साहित भएका छन।
सुनवल बजारका पुराना बासिन्दाहरुले बाख्रा  चराउन चुरेभावर पहाडतिर लैजादा वर्षायाममा बाख्रा अनि आफुहरु समेत ओतिन एउटा टहरो निर्माण समेत गरेको उक्त प्रस्तावित हिलपार्कको पुरानो नाम छगडि [बाख्रा ]पहाड रहेको र उक्त पहाडको माथि समतल करिब २ विघा जमिन रहेको र नगरपालिकाले उक्त स्थानलाई एउटा रमणीय स्थान बनाउन लागेकोमा आफु पनि हर्षित भएको स्थानीय समाजसेवी सुर्दशन पहारिले बताउनु भयो।
आगामि दिनमा उक्त २ विघा समतल पहाडको चुचुरोमा भिउ टावर,बुध्दको मुर्ति ,पिकनिक स्थल बनाउने योजना रहेको र पार्किङ स्थल फेदीमा बनाउने योजना समेत रहेको सुनवल नहरपालिका वडा नंं ४ का वडाअध्यक्ष बिर बहादुर गुरुङले बताउनुुको साथै हाल सम्म डिपिआर निर्माणका लागि १० लाख नगरपालिकाले खर्च गरि सकेको र यस वर्ष देखि नगरपालिकाले केही रकम विनियोजन गरि पुर्वाधारको काम सुरु गरेको समेत जानकारी गराउनुभयो। नगरले शिक्षा ,स्वास्थ जस्ता अपरिहार्य विषयबस्तुलाई प्राथामिकता दिइरहेकाले मनोरञ्जन र पर्यटनको काम लाई एकै वर्ष बजेट छुट्टाएर काम गर्न नसकेको र क्रमशः हरेक वर्ष रकम विनियोजनगरि काम पुरा गर्दै लैजाने र अन्य निकायको पनि आर्थिक सहयोग रहेमा चाडै नै हिलपार्कको काम पुरा हुने तर सुनवल नगरपालिका एक्लैले काम गर्नु परेमा करिब ५ देखि ७ वर्ष भित्रमा हिलपार्कको सम्पूर्ण कार्य सम्पन्न गर्न सकिने समेत वडाअध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.